डा. इन्दुल के.सी. 
भक्तपुर
(सम्पर्क ९८४१३३४११३) 
प्रारम्भ 
विश्वमा प्रचलित विभिन्न धर्म सम्प्रदायहरुको आ–आफ्नो अनेकौं ग्रन्थहरु छन् । ति ग्रन्थहरुलाई पवित्र एवं महत्वपूर्ण ग्रन्थको रुपमा लिइन्छ । धर्म गुरुहरुले आ–आफ्ना अनुयायिहरुलाइृ तिनै ग्रन्थहरुको आधारमा शिक्षा दिक्षा प्रदान गर्ने गरिन्छ । यस लेखमा यसै प्रसंगमा यो आलेखमा ‘विनय मुख’ ग्रन्थको संक्षिप्त चिनारी प्रस्तुत गरेको छु । 

विनयमुख 
यहाँ महाँ करुणामय भगवान बुद्धको शन्देश प्राणिमात्रको हित गर्ने पवित्र उद्देश्यले तयार गरिएका पुस्तकहरुकोसंसारमा हालै नेपाली वाङमयको क्षेत्रमा थपिन आएको पुस्तकको नाम हो – विनयमुख । थाइलैण्डका मूल लेखक भिक्षुवर समतेच बर–महा–समण–चाउ क्रम–बरया वजिर–ञाण–वरोरसद्वरा थाइभाषामा लेखिएको पुस्तकलाई भिक्खु विपस्सी महास्थविरज्यूले नेपाली भाषामा अनुवाद गर्नु भएको हो । 
पुस्तकका मूल लेखक र नेपाली भाषामा अनुवादक द्वयको चिनारी 

क) मुल लेखक समतेच बर–महा–समण–चाउ क्रम–बरया वजिर–ञाण–वरोरसः 
थाइलैण्डका महाराजाधिराज मंकुट (राम चतुर्थ) का पुत्र एक राजकुमार हुनुहुन्थ्यो । वहाँ धार्मिक विषयको प्रबन्धको लागि संघराजको रुपमा नियुक्त हुनुभयो । वहाँलाई थाई भाषा, पालि भाषा र अंग्रेजी भाषाका ज्ञाता मानिन्छ । बौद्ध धर्मको ज्ञानलाई फैलाउने काममा वहाँको विशेष स्थान छ । वहाँले विभिन्न नामका धेरै पुस्तकहरु लेख्नु भएको छ । तिनै पुस्तकहरु मध्ये यो विनय मुख पनि एक हो । 
ख) अनुवादक – भिक्खु विपस्सी महास्थविर
वहाँ भक्तपुरको नगर वडा नं. ८ जेला टोलमा जन्मनु भएका श्रीराम गाईजू÷श्रेष्ठले नेपाल र भारतमा औपचारीक शिक्षा प्राप्त गर्नु भएको थियो । यसरी नै उहाँले थाइलैण्डबाट मास्टर डिग्री (महापण्डित) प्राप्त गर्नु भएको थियो । वहाँको धार्मिक नाम धम्मारामो हो । उपसम्पदा (पूर्ण भिक्षुत्व) प्राप्त गरेदेखि थाइलैण्डमा वहाँ बरविपस्सी नामले परिचित हुनु हुन्छ । 
भक्तपुरको मुनि विहार लगायत विभिन्न धार्मिक क्षेत्रहरुको विकासमा अनवरत रुपमा वहाँ लागि रहनु भएको छ । वहाँले एसिया, यूरोप तथा अमेरिकाका विभिन्न भागमा भ्रमण गरी अनुभव हासिल गर्नु भएको छ । ग्रन्थहरुको अध्ययन, अनुवाद, मनन तथा लेखन कार्यमा लागि रहनु भएको छ । उहाँ अखिल नेपाल भिक्षु महासंघका बरिष्ठ सदस्य पनि हुनुहुन्छ । यस चिनारीका लेखक (डा. इन्दुल के.सी.) बेला बेलामा मुनि विहार, इनाचो, भक्तपुरमा उक्त अनुवादकसँग भेटघाट छलफल गर्नुको साथै नेपालका विभिन्न स्थान – भक्तपुर, बनेपा, काठमाण्डौ, ललितपुर, लुम्विनी, लगायतका विभिन्न जिल्लाहरुमा धार्मिक यात्रा, विभिन्न कार्यक्रमहरु संचालनमा सक्रिय रुपमा सहभागिता जनाउने गरि आएको छु । 
विनयमुख पुस्तक 
हालै भक्तपुरको मुनिविहारमा अनुवादक स्वयमले मलाई उक्त पुस्तकका भाग १, २ र ३ मलाई उपहार स्वरुप प्रदान गर्नु भयो । 
यी पुस्तकहरु अति महत्वपूर्ण थानेर तत्काल यस पुस्तकबारे एउटा समाचार म स्वयं ब्द्यऋम् खवर अनलाईन मेडीयाका प्रधान सम्पादक समेतको नाताले प्रशारण गरें । यस समाचारको हाल सम्म हजारौंजना पाठक ÷दर्शक भ्यूयर्सहरु भैसकेका छन् । 
यस पुस्तकको बारे केहि विवरणहरु
१. यस पुस्तकलाई अंग्रेजी भाषामा अनुवाद गर्नु हुने अनुवादकहरुले यस पुस्तकलाई त्जभ भ्लतचबलअभ तय तजभ ख्ष्लबथ अर्थात विनयको प्रवेश द्धार भनिएको छ । यसको शाब्दिक अर्थ विनय पालन गर्न सार्थक रुपमा सिकाउने शिक्षा पद्धति हो । त्रिपिटकको विनय – पिटक तथा अन्यत्र समेत यसलाई लिएका छन् । ‘मुख’ शब्दको भावार्थ अनुहार वा द्वार हो । यसरी विनयमुखको खास अर्थ विनयको संक्षिप्त ज्ञान वा प्रेशद्वार हो । 

उक्त पुस्तकमा रहेका अध्यायहरु 
यस पुस्तकको पहिलो भागमा निम्न १० वटा शिर्षकका अध्यायहरु रहेका छन् । 
१. अध्याय १ उपसम्पदा – भिखु ४ वटा सम्पत्तिहरु 
२. अध्याय २ पञ्ञाति, आपत्ति, विनयका फाइदाहरु
३. अध्याय ३ सिक्खापदहरु – पाटिमोक्खमा समावेश भएका सिक्खापदहरु 
४. अध्याय ४ पाराजिक (पराजित) – ४ वटा सिक्खापदहरु 
५. अध्याय ५ संघादि शेस – आपत्ति भएपछि विधि पु¥याउनु पर्ने ९ वटा सिक्खापदहरु र ४ वटा नियमहरु
६. अध्याय ६ निस्सग्गिय – पाचित्तिय – चीवर, गलैंचा, पात्र, आपत्तिका आधारहरुको सारांश, व्यावहारिक उपचार 
७. अध्याय ७ पाचित्तिय – ९ वटा वर्गहरु १) झुटो बोल्नु २) विरुवाहरु ३) उपदेश ४) भोजन सम्बन्धि ५) अचेलक ६) सुरापान ७) जीवित प्राणीहरु ८) सह धार्मिकहरु ९) रत्न वर्ग तथा सारांश 
८. अध्याय ८ पाटिदेशनीय – देशना गर्नुपर्ने सेखिय – सिक्नुपर्ने नियमहरु ः उचित व्यवहार, भोजन सम्बन्धी धर्म देशना सम्बन्धि तथा विविध 
९. अध्याय ९ अधिकरण – समथ मुद्दा मामिलाहरु समाधान गर्ने तरिका 
१०. अध्याय १० मापनहरु – समय, रेखिक, क्षमता, तौल, मुद्राका मनकहरु र विशेष मापन 
नोेट ः यस पुस्तकको पहिलो भागमा ४११ पृष्ठहरु छन् र उक्त पुस्तकको मुल्य ने.रु. ४००।– उल्लेख भएको छ । 
यस पुस्तकमा पालि – नेपाली शब्दकोष अन्तर्गत वर्णानुक्रमानुसार ३३१ शब्दहरुको पालि भाषाको अर्थ नेपाली भाषामा दिइएका छन् । 
माथि उल्लेख गरिएका चर्चा परिचर्चाले यस पुस्तकको एक संक्षिप्त झलकमात्र प्रस्तुत गरेको छु । पूर्ण विवरण पाठक आफैले उक्त पुस्तक पढेर वा अरुले वाचन गरेको सुनेर यसको फाइदा लिने ब्यक्तिको जिवन फलदायी हुने भन्ने विश्वास गर्दछु । 
मिति ः २०८१ असार २४

...

All Comments.......


Please Login/Register To Comments