उद्गार
- Post Date: 2024-07-10 05:27:36
डा इन्दुल केसी
कुवाको भ्यागुतो बन्ने
या नदीको माछो बन्ने
जे बन्ने इच्छा छ
तिम्रो आफ्नै जाँगरमा ।।१।।
अकुत धनको धनी बन्ने
या, मनको अमिर बन्ने
जे बन्ने इच्छा छ
तिम्रो आफ्नै प्रयत्नमा ।।२।।
स्वच्छ हृदयको दान बीर बन्ने
या लोभि रमन्ता बन्ने
जे बन्ने इच्छा छ
तिम्रो आफ्नै पौरखमा ।।३।।
जनता झुक्याउने नेता बन्ने ?
या, शान्त स्वभावको श्रोता बन्ने
जे बन्ने इच्छा छ
तिम्रो आफ्नै स्वविवेकमा ।।४।।
देशलाई समस्यामा दुबाई राख्ने ?
या समस्या समाधानको प्रयत्न गर्ने
नपुंसक होइन, कर्मशिल बन्ने
जे इच्छा छ तिम्रो, तिम्रै हातमा ।।५।।
-
Shares
All Comments...
Please Login/Register to comment.