काभ्रे कोशिपारी । सिद्धर्थ गौतमले ६ बर्ष कठोर तपस्या पस्यात ज्ञान प्राप्त भएपछि मानव जीवनचक्र सम्बन्धी पहिलो पटक धर्म देशना गर्नुभएको (बौद्ध धर्म चक्र दिवस–छ्योइ खोर दुइजेन)को उपलक्ष्यमा 
धार्मिक तथा सांस्कृतिक विविधताले भरीपुर्ण काभ्रे जिल्लाकै सुन्दर स्थान चौरीदेउराली गाउँपालिकाको नाग्रेगगर्चे बाजखेतको बौद्ध धर्म दिप छ्योर्तेन गुम्बा वरिपरि र गुम्बाको स्वामित्वमा रहेको १५ रोपनी जग्गा वरिपरिको केही निजी जग्गा, पर्ति जग्गा र मोटरबाटो दुइ किनारामा बिभिन्ना प्रजतिको बोटबिरुवाहरु (सुगन्धित धुबी, कपुर, चन्दन, कल्की, फुल, आप, लिचि, अ्म्बा, गोल्डेन दुप, आप्गाढ आदिको वृक्षरोपण गरियो । 
छ्योर्तेन गुम्बाको प्रमुख सरक्षक तथा पुर्ब गाबिस अध्यक्ष  लामा सेरफ दोर्जे मोक्तान र लामा देवाल सिह मोक्तान द्धारा वृक्षरोपण गर्ने भन्दा अगाडी बौद्ध धार्मिक बिधि अनुसार भुमि र बिरुवाको शुद्धिकरण पुजा पाठ गरि बौद्ध धर्म दिप छ्योर्तेन गुम्बा को अध्यक्ष श्री टेक राज मोक्तान तामाङको प्रमुख अतिथ्यातमा वृक्षरोपण प्रारम्भ गरिएको थियो । वृक्षरोपण कार्यक्रममा सल्लाहकार बुद्धमान लामा , बरिष्ठ उपाध्यक्ष डम्बर बहादुर लामा, टासी बाल आधारभूत बिद्यालायको प्ड्र्डअड्ड लक्ष्मी लामा साथमा गाउले हरुको सहभागिता मा वृक्षरोपण सम्पन्न गरिएको थियो । 
 यस वृक्षरोपण कार्यक्रमले लोकल भोट बिरुवा भन्दा बिभिन्ना जातको बहु उपयोगी तथा वातावरण शुद्धि गर्ने खालको बिरुवा रोप्नु वातावरण सफा हुने , आफ्नो गाउ ठाउलाई सुन्दर देखिने र यस्तो फलफुल लगाउदा समुदायको आर्थिक आय आर्जनमा टेवा पुग्ने अध्यक्ष मोक्तानले आफ्नो तर्क राख्नु भयो र भोट बिरुवा हुर्काउनु सरक्षण गर्नु हामी सबैको दायत्व भएको बताउनु भयो । 
अन्तमा चार जिल्लाको संगम स्थल कोशीपारी चौरीदेउराली गाउँपालिका वडा नं २ नाग्रे गर्गर्चे सामुदायिक सम्पत्ति भएको समेत जानकारी गरियो ।
...

All Comments.......


Please Login/Register To Comments