भक्तपुर । संयुक्त परीक्षा समितिको आयोजनामा श्री वागीश्वरी मावि च्याह्मासिंह, भक्तपुरमा २०८० को एसइईमा ३.६१ भन्दा बढी जीपीए ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रमका बीच शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा भक्तपुरका सार्वजनिक माध्यमिक विद्यालयअन्तर्गत् १७ ओटा विद्यालयका परीक्षार्थीहरूमध्ये ८९ जना विद्यार्थीहरू ३.६१ भन्दा बढी जीपीए ल्याएर एसइई उत्तीर्ण विद्यार्थहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । उच्च्च जीपीए ल्याएर उत्तीर्ण विद्यार्थीमध्ये ७४ जना वागीश्वरी माविका र बाँकी अन्य १६ विद्यालयका थिए । 
उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईँले आफ्नो सारगर्भित मन्तव्यमार्फत् विद्यार्थीहरूलाई सुझाव दिँदै भन्नुभयो, “ विद्यार्थी वर्गमा इमानदारी, मानसिक तथा शारीरिक स्वास्थ्य र उत्सुकतापूर्ण सिकाइ प्रक्रिया हुनुपर्छ ।” पठन संस्कृति घटेको कुरालाई औँल्याउँदै उहाँले थप भन्नुभयो, “विद्यार्थीले विद्यालयमा खालि किताब र किताबै मात्र पढेर हुँदैन । उनीहरूमा सीप, कला, सामाजिक भावना, परोपकार, सेवा पनि सिकाउनुपर्छ । जीवनोपयोगी सीप सिकाउनुपर्छ । देश र राजनीति सिकाउनुपर्छ ।” शिक्षामा देखिएको विकृति उजागर गर्दै उहाँले, शिक्षाको अधिकार स्थानीय तहलाई भएकोमा त्यसलाई हस्तक्षेप गर्ने काम भएको कुरा पनि बताउनुभयो ।
वक्तत्वका क्रममा भुवनेश्वरी माविकी प्रअ शुभद्रा लघु र गणेश माविका प्रअ चन्द्रप्रकाश मैनालीले विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुृभएको थियो भने परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले म्यानेजमेन्ट पढेर विदेश जान खोज्ने आजका कतिपय विद्यार्थीहरूको सोचाइप्रति चिन्ता व्यक्त गर्दै आफूले प्राप्त गरेको ज्ञान, सीप आफ्नै देशमा खर्च गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । 
वागीश्वरी माविका प्रअ श्री कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएकोे उक्त कार्यक्रममा भाइस प्रिन्सिपल उकेश सुवालले स्वागत मन्तव्यमार्फत् प्रमुख अतिथि, पूर्व प्रअ, १७ वटा विद्यालयका प्रअ तथा  विद्यार्थीहरूलाई स्वागत् गर्नुभएको थियो । शिक्षक मङ्गलेश्वर ध्वजुले सफलतापूर्वक सञ्चालन गर्नुृभएको उक्त कार्यक्रमको बीचबीचमा विद्यार्थीहरूले गीत गायन तथा कवितावाचन गरेका थिए । प्रत्येक विद्यार्थीलाई मायाको चिनो प्रदान गरिँदै गर्दा कलाकार भाइबहिनीले मङ्गलधून बजाएर वातावरणलाई रमाइलो बनाएका थिए । कार्यक्रमको अन्त्यमा विद्यालयमा प्रअ तथा सभापतिज्यूले विद्यालयको आगामी योजना तथा कार्यक्रम सङ्क्षिप्तरूपमा बताउँदै उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गर्नुभएको थियो 
...

All Comments.......


Please Login/Register To Comments