भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको अयोजनमा श्रमिक साप्ताहिक बर्ष २७ अंक ४३, २५ कार्तिक २०७७ को अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एबम् वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा जुममा विहिबार सम्पन्न भयो ।
“संसारलाई शोषण उत्पीडनबाट मुक्त गर्न अक्टोबर क्रान्ति सफल भएको छ ।” उक्त भनाई नेमकिपा केन्द्रीय सदस्य उकेश कवा“ले श्रमिक अन्तरक्रियामा बताउनु भयो । उहा“ले हरेक आन्दोलनमा प्रतिक्रान्ति हुने बताउ“दै लेनिनले क्रान्ति रक्षा गर्न निरन्तर लागि परेको बताउनु भयो । उहा“ले श्रमिक पत्रिका जिम्मेवारी बहन गर्दै माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराको सिद्धान्त, विश्व सर्वहारा वर्गको मुक्तिको लागि मजदुर किसानहरुको आवाजको रुपमा काम गरिरहेको बताउनुभयो । उहा“ले श्रमिक पत्रिका स्वाधिनता र सार्वभौमिकता रक्षाको लागि निरन्तर आवाज उठाइ रहेको सार्थ साम्राज्यवाद विरुद्धको पत्रिका हो भन्नुभयो । उहा“ले बामपन्थी र कम्युनिष्ट कार्यकर्ताको निम्ति बौद्धिक खुराक भएकोले यो पत्रिका नेपालीहरु लगायत विश्वले प्रशंसा पूर्वक सबैले हेर्ने गरेको बताउनु भयो । उहा“ले अक्टोबर क्रान्ति, रुसमा बोल्सेभिक पार्टीको नेतृत्वमा महान अक्टोबर क्रान्ति सफल भएकोले नेमकिपाका कार्यकर्ताहरुले त्यसबाट सिक्नु पर्ने बताउनु भयो । उहा“ले संसारको हरेक आन्दोलनको राम्रो नराम्रो अध्ययनको निचोडको रुपमा लेनिले क्रान्तिको परिस्थिति तयार गर्ने, पूर्वाधार तयार गर्ने, पार्टी कार्यकर्ता तयार गर्ने, वातावरण तयार गर्ने, जनशक्ति तयार गरी जार र मेन्सेविक विरुद्ध आन्दोलन उठाई अक्टोबर क्रान्ति सफलतापूर्वक सम्पन्न गरेको बताउनु भयो । उहा“ले नेपालमा पनि २०४६ सालपछि फेब्रुअरि क्रान्तिलाई अक्टोबर क्रान्तिमा बदल्न नेमकिपाका अध्यक्ष का.नरायणमान विजुक्छे रोहितले तत्कालिन एमालेलाई अनुरोध गर्दा पनि नगरेको प्रतिक्रान्ति स्वरुप प्रतिगमन भएको र २०६२÷०६३ को आन्दोलन गर्नु परेको साथै त्यसले कामदार जनताको निम्ति केहिपनि आमुल परिवर्तन नभएको बताउनु भयो साथै नेकपा संशोधनवादी भएकोले कोभिड १९ माहामारीमा देश जनताको निम्ति केह ीगर्न नसकेको र एमसिसि ल्याउन खोजेको बताउनु भयो । उहा“ले क्वाड कम्युनिष्ट विरुद्धको मोर्चा साम्राज्यवादी अमेरिकाले विश्वमा कमुनिष्ट खतरा रहेको बोल्नुले स्पष्ट भएको बताउनु भयो ।
कार्यक्रममा अर्का अतिथि नेमकिपा नगर समितिका उपेन्द्र सुवालले पेरिस कम्युनिनको असफलताबाट सिकेर अक्टोवर क्रान्ति गरेको बताउ“दै नेपालमा पनि लाखौ शिक्षक मजदुर किसानहरुलाई समस्या परेकोले सबै आन्दोलिन हुनु पर्ने बताउनु भयो । साथै उहा“ले अक्टोवर क्रान्तिको अध्ययन गरी व्यवहारमा नउर्तार्ने हो भने वौद्धिक विलासिता मात्र हुने बताउनु भयो ।
कार्यक्रम नेमकिपा भनपा दत्तात्रय समितिका अध्यक्ष संजय मानन्धरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उहा“ले चीन लक्षित सैनिक गठवन्धन क्वाडको मुखमा र श्रमिकको सम्पादकीय बारे आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भयो भने सचिव राम कृष्ण प्रजापतिले महामारीमा अक्टोवर समाजवादी क्रान्ति दिवसको स्मरण गरिरह“दा र व्यानर न्युजको रुपमा अक्टोबर क्रान्ति दिवसमा नेमकिपाद्धारा विभिन्न जिल्लामा अन्तरक्रिया बारे बोल्नुभयो । त्यस्तै राम छुस्याकीले का.नीना एन्डेएभाको अप्रकाशित सिद्धान्तहरु एक अध्ययन र संगिता प्रजापतिले श्रमिकको एक क्षणको केही महिनाका श्रमिकका राम्रा कार्यहरु बारे बोल्नु भएको थियो ।
    

...

All Comments.......


Please Login/Register To Comments