काक्रेबारी । भक्तपुरको काक्राबारीमा शनिबार दिनभरि खुशियाली छाएको छ । बुद्धको मूर्ति प्रतिष्ठानले पूरै टोलबासी खुशी भए । खुशीको सिमा नाघेपछि त्यहाँं पूरै नाचगान नै चल्यो । 
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ काक्रेबारीस्थित बन्दुङ डाँंडामा ठूलो बुद्धको मूर्ति प्रतिष्ठापन गरिएको थियो । यसअघि बुद्ध मूर्तिलाई विहानै ललितपुरस्थित ललितपुर महानगरपालिका वडा नं १२ प्रयाग पोखरीस्थित सद्धर्मायतन विहारबाट मिनीटाटामा लिन टोली पुगेको थियो । भक्तपुरको इनाचोस्थित मुनि विहारबाट एक टोली गाडीमा मूर्ति लिन पुगेको थियो । ललितपुरकै सिंचाहिटी निवासी राजन शाक्यको परिवारले बुद्धमूर्ति बनाइदिएर दान दिएका थिए । 
बुद्धमूर्तिलाई गाडीमा राखेर सूर्यविनायक नगरपालिका वडा नं ९ काक्राबारीमा पुयाइएको थियो । त्यहाँंबाट बाजागाजासहित सयौं स्थानीयबासीको सहभागितामा रयालीसहित बुद्धमूर्ति प्रतिष्ठान गर्ने ठाउँं बन्दुङ डाँंडा पुगेको थियो । झण्डै एक घण्टा सवैजना पैदल यात्रा गरी रयालीसहित बाजागाजासहित बन्दुङ डाँंडा पुगेर बुद्धमूर्तिको प्रतिष्ठान गरिएको थियो । मुनि विहार इनाचो भक्तपुरका प्रमुख भिक्षु विपस्सी महास्थविरको प्रमुख आतिथ्यतामा र ललितपुर उपमहानगरपालिका वडा नं १२ प्रयागपोखरीस्थित सद्धर्मायतन विहारका प्रमुख भिक्षु पञ्ञासार महास्थविरको अगुवाइमा त्यहाँं बुद्धमूर्ति प्रतिष्ठान गरिएको थियो । जंगलको डाँंडामा रहेको खुल्ला पर्ति जग्गामा पहिले नै एकतल्ले भौतिक संरचना बनाई बुद्धमूर्तिलाई प्रतिष्ठान गर्न मिल्ने गरी भौतिक संरचना तयार पारिएको थियो । 
बुद्धमूर्ति प्रतिष्ठापन उपभोक्ता समितिको अगुवाईमा यो सवै काम भएको हो । यसअघि समितिकै अगुवाईमा त्यहाँं पर्ति जग्गा खोज्नेदेखि लिएर बुद्धमूर्ति प्रतिष्ठानका लागि उपयुक्त भौतिक संरचना बनाउने सम्पूर्ण कार्य सम्पन्न गरिसकेको थियो । समितिका अध्यक्ष बुद्ध लामाले तामागहरुको वस्ती रहेका यहाँंकाबासी झण्डै सम्पूर्ण नै बौद्धधर्मावलम्वी भएको र बुद्र्धको मूर्ति स्थापना गर्न पाए हुन्थ्यो भन्ने स्थानीयको इच्छालाई साकार पार्न बुद्धमूर्ति स्थापना गरेको जनाए । उनले भविष्यमा यस ठाउँंलाई बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा स्टुपा, विहारलगायतको विकास गर्नुका साथै बुद्ध शिक्षा दिनेस्थलको रुपमा पनि विकास गर्ने योजना रहेको जानकारी गराए । 
स्थानीयका अनुसार टोलमा करिव दुई सय घरधुरी छन् । यो ठाउँं तामांगवस्तीको रुपमा परिचित छ । ठूलो क्षेत्रफलमा फैलिएको यो टोलमा हालसम्म पनि कुनै पूजा गर्ने उपयुक्त नभएको अवस्थामा आफनै आस्थाको बुद्धमूर्ति प्रतिष्ठानपछि स्थानीय खुशीले रमाउँंदै पूरै नाचगानमा रमाएका थिए । 
काक्रेबारी अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँंगा झोलुगे पुलबाट दक्षिण जंगलैजंगलको बाटोबाट झण्डै दस किलोमिटरको उकालोपछि पुगिन्छ । यहाँं मोटरेबल बाटोको विस्तार भइसके पनि बाटो ग्राभेलिंग मात्र हुँंदा सजिलै ठूला गाडी जान मुश्किल पर्दछ । अझ वर्षायाममा यहाँं पुग्न झनै सास्ती छ ।

...

All Comments.......


Please Login/Register To Comments