भक्तपुर । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि श्रावणी मेला सुरु हुने भएको छ । मेला भाद्र ६ गतेसम्म चल्नेछ । यस मन्दिरको पुनर्निर्माणका लागि रकम जुटाउने उद्देश्यले केही वर्ष अगाडिदेखि यहाँं यस्तो मेला गर्दै आएको छ । श्रावणी मेलाको आयोजना गरी धेरथोर रकम संकलन गरी आएको हो । 
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति सूर्यबिनायक नगरपालिका–८, भक्तपुर श्रावणी मेला २०८१ तयारी मूल समितिले आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । श्रावणी मेला २०८१ लाई भव्यतापूर्वक सम्पन्न गर्न समितिका अध्यक्ष धर्मराज बस्नेतको संयोजकत्वमा मुल समिति गठन गरिएको सम्मेलनमा जनाइयो । साथै पूर्वअध्यक्ष राजाराम थापाको संयोजकत्वमा व्यवस्थापन उपसमितिलगायत विभिन्न उपसमिति गठन गरी तयारी गरिएको जनायो । यसरी सम्पूर्ण उपसमितिले आफूले पाएको जिम्मेवारीलाई सफलतापूर्वक कार्य गरिएकाले श्रावणी मेला २०८१ को तयारी पूरा भएको समितिका अध्यक्ष धर्मराज वस्नेतले जनाए ।
श्रावणी मेला २०८१ सम्पन्न गर्न करिब दश लाख खर्च हुने अनुमान गरिएको छ । यस्तै सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत जगाती, डोलेश्वर प्रहरी चौकीलाई सुरक्षा व्यवस्थापन र महानगरीय ट्राफिक प्रहरी परिसरलाई ट्राफिक व्यवस्थापन, इन्द्र बक्स गण सूर्यबिनायक तथा विभिन्न अस्पतालबाट स्वास्थ्य शिविर, सिपाडोलमा रहेका विभिन्न युवा क्लव, महिला समह, टोल सुधार समिति, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी र सामुदायिक वन समिति तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन तथा सिपाडोलमा रहेका खानेपानी समितिबाट खानेपानी व्यवस्थापन गरिने जनाइएको छ ।
श्रावणी मेला २०८१ को कार्यक्रम तालिका 
१. श्रावण १ गते बिहान ७ बजे कलश यात्रा चन्द्रविनायक गणेशमन्दिरदेखि केदारनाथको शिर डोलेश्वर मन्दिरसम्म र ९ बजे समुद्घाटन कार्यक्रम बागमति प्रदेशका सदस्य माननीय किरण थापाज्यूबाट ।
२. प्रत्येक सोमबार र शनिबारका दिन विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारहरुद्वारा भजन कृतन तथा प्रस्तुती ।
३ बिमला गंगा आरतिमा विशिष्ट व्यर्किहरुको आतिष्यतामा बिमला गंगाआरती हुने
३. ३८ दिन नै स्थानीय गुरुहरुबाट नित्य पुजा लगायत पाठपारायण कार्य ।
४. भाद्र ६ गते वार्षिक उत्सवका दिन मन्दिरको गर्भगृहमा भक्तजनहरुका लागि प्रवेश खुला तथा श्रावणी मेला २०८१ को यज्ञको पूर्णाहुती सहित समापन ।
५. श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म श्रावणी मेला अवधि भर भक्तजनहरुबाट प्राप्त गर्ने दान दक्षिण भगवान भेटि र निर्माण सहयोगबाट १ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
जय केदारनाथ । जय डोलेश्वर ।
मल्लकालीन राजाहरुद्वारा जिर्णोद्वार गरिएको यो मन्दिर वि.सं. १९९० साल माघ २ गते गएको महाभूकम्पले पूर्ण रुपले क्षति गरेपछि वि.सं. २००६ सालमा पुनर्निर्माण भएको थियो । भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका–८ (साविकको सिपाडोल गा.वि.स. ६) मा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर पुनः वि.सं. २०७२ सालमा गएको विनाशकारी भूकम्पले फेरी पनि पूर्ण रुपमा पमा क्षति पारेको थियो । क्षतिग्रस्त भएपछि यस कार्यसमितिले गुरुयोजना अनुसार नै मन्दिरको पुनर्निर्माणको कार्य थालनी गरियो ।

...

All Comments.......


Please Login/Register To Comments