भक्तपुर । जेसीज् माध्यमिक विद्यालयको वार्षिक कार्य तालिका अनुसार धुलिखेल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भयो । उक्त स्वास्थ्य शिविरमा जेसीज्मा.वि.मा अध्ययन गर्ने प्ले ग्रुपदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरूको नाक, कान, घाँटी, आँखा, दाँत र छालाको परीक्षण गरियो । 
विद्यार्थीहरूको पढाइसँगसँगै उनीहरूको चौतर्फी विकासका लागि विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापका साथसाथै स्वास्थ्य क्षेत्रलाई जोड दिँदै समयसमयमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । आज सम्पन्न भएको यस स्वास्थ्य शिविरमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधि उपचारको लागि सुझाव पनि दिइयो ।
...

All Comments.......


Please Login/Register To Comments