१) नेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदै 
नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा आउँदो साउन ५ गते शनिबार कोरा भक्तपुर हुँदैछ। ‘पैदल र पेडल मैत्री शहर’ भन्ने मुख्य नाराका साथ हुन थालेको कोरा भक्तपुरमा देशका विभिन्न जिल्लाहरूबाट साथै विदेशबाट हजारौं साइकलिस्टहरूले सहभागिता जनाउँदै छन् । कार्यक्रम विहान ५ बजेबाट नै सुरु हुनेछ । 
२) भोजपुरी भाषा तथा साहित्य संगोष्ठी २०८१
काठमाडौं स्कुल अफ ल दधिकोट भक्तपुरको आयोजनामा भोजपुरी भाषा तथा साहित्य संगोष्ठी २०८१ हुनेछ । कार्यक्रम विहान नौ बजे कलेजमै हुनेछ । 
३) नःपुखूमा गो लोकल भक्तपुर हुने 
भक्तपुरको नःपुखूमा गो लोकल भक्तपुर मेला हुनेछ । मेला विहान १० बजेदेखि ६ बजेसम्म हुनेछ । 
४) भक्तपुर सांगीतिक समाजको आयोजनामा स्व.अरुण थापाको २५ औँ स्मृति दिवस २०८१
ओम विक्रम बिष्टलाई अरुण थापा स्मृति सम्मान २०८१ बाट सम्मानित गर्ने ।
दिउँसो २ बजेदेखि थिमिस्थित सिबर्ड इन्टरनेश्नल कलेजको प्रांगणमा

...

All Comments.......


Please Login/Register To Comments