मीरा अमात्य राजभण्डारी 
न्युरोडको फूट्पाथ सांघुरो भएकोले यौन हिँसा भयो रे । गुण्डाहरु पछि लाग्ने र ठाउँकुठाउँ ड्यास दिने गर्थे रे । मैले भने ड्यास दिने यौन हिंसा गर्नेहरुलाई न्युरोड पुग्नु पर्दैन एका घरका काका, भाडावाल, काम गर्ने, बस चढ्दा, अझ स्कूलका मास्टर साहेब, जता नि छन, बरु बालेन मेयरले खुलस्त भनी दिनुप¥यो न्युरोड् अब पाटन भक्तपुर जस्तै तेली इँटा छापेको पुरानो शहरका रुपमा परीवर्तित गरिने छ त भनेर । झन खासा नि । भएभरका दोहोरो नागरिकता लिएका, भारत र नेपाल, दुबइ ,सिङापुरमा घर भएका, ब्यापार ब्यबशायी भएका, मालिकहरुका बजार सकिने भयो । न्युरोड गोल्ड रोड होइन, पुरानै गुप्ता स्वीत्स, कृष्ण गुँद्पाक भन्डार, रन्जना सिनेमा हल, सँकटा हल वाइ पसल, बासंबारी जुता पसल, अशनतिर ज्यापु दाइचाहरुको भिडभाड । साथमा साँढे जुधाइको “फ्री“ मा मनोरन्जन, हरिया प्याज,  छ्यापी, आलु, मुला, गाजल्चा, प्वाटे, पाच्छै, छाः, इकँ –बकँचा, बकुला, कसीः, बसीः पाइने पुरानो बजारमा परिणत हुनेछ – अनी तुकुचा पारी बस्ती सरेर गएका आफ्ना पुराना थातथलो बेचेर, भाडा लाएर बसेका कालो नेवाः खस नेपाली मा बोलिने ठेट शब्द अर्थात वास्तविक नेवाः हरु येंदे फेरी फर्केर आउने छन । जताततै नेवाः नै नेवाः, मर्स्या, माडे, पर्वते, सबै कुलेलम ठोक्ने छन् । किनकि उनीहरुका ब्यापार जो हुँदैन नि बिष्णुमतीमा फेरी राङा काटिनेछन । बागम्ती सफा हुन थाल्छ । किनकि अधिकांश ब्यापार त काठमाडौं बाहिरकाका छन नि । अब ब्यापार नै नभएसी जान्छन हेटौंडा– मकवानपुर, कैलेकाही योसीँ जन्माद्योका जात्रा आदी इत्यादीमा पर्यटकका सङै आउनेछन । जात्राको आनन्द लिन, हाकु थ्वँः खान । जताततै हराभरा स्वच्छ बातावरन, खानेकुरा सस्तो न सस्तो, अझ राङाको मोल घट्छ । मोमोचाः त पाँचपैसा गोटा रन्जना हलको परिसरमा पाइन्थ्यो नि । अब रन्जना कम्प्लेक्स के काम? भत्काइन्छ । त्यहा फसिकेवमा फेरी फर्सी फल्ने छन । ऐले फर्सी साह्रै महँगो भयो । अब फसी केवमा फर्सी फलेर खाने मान्छे नै हुँदैन नि । थगु छेँ फसी गानागानाँ, कर्पिनी फसी सुना खावनीः भन्ने नेवाः उखान अब फेरी सुरु हुनेछ । हो अब नेवाःचाहरु साँच्चीक्कै पुरै नेवा भएर उत्रने छन । ऐले आधाउँधी जो भाछन नि है ? “नेपाः मन्दल’ हो नेपा मन्दल नै राखौं  नि हुन्न ? राजा मरेर राज्य सुन्ने भएन क्यार, जाबो न्युरोडमा माडे, बाहुन, छेत्री, मगर, राइ आदी इत्यादीका बेपार घटे भागे के फरक पर्छ ? 
नेवा ः त्यसै नि प्रगती नगर्ने, लप्पन–छप्पन गरेर अकुत सम्पती नजोड्ने । हूतिहारा डरछेरुवा, एउटै घरमा पुस्तैनी रिस पालेर सङै बसीरहन मन पराउने जिनिस हो क्यार ! अब, ती दिन फेरि फर्कने छन । भाषा त स्वीकारी नै सक्यो क्यार राज्य ब्यबस्थाले ।  अब बस्ती पनि फेरी नेवाः नै नेवाः बाट गुलजार हुने भो ।  क्या खासाको आइडिया फुर्या हो । मान्नु पर्छ ग्र्यान्ड डिजाइनरज्युको दिमागलाई ।
अँ, अनि थप कुरा नि– पद्मकन्या क्यामपसहरु फेरी भरिने भो । बाल्सेवा, कन्या सकूल, नव आदर्श, परोपकार, नेपाल आदर्श, कान्ती इश्वरी स्कूल, कन्या मन्दिरहरु सबै नेवा विद्यार्थीहरुबाट भरीभराउ हुने भो । किबकि जब नो ब्यापार केको काठमाडौं बसाइ नि ? 
नेवाः सँग त त्यती पैसा हुँदैन नि प्राइभेट स्कूल कलेज् पढ्न । उसै त धमाधम प्राइभेट कलेज सुन्य हुँदैछ क्यार । थप बिदेश पढ्न जाने उतै हराउने युगमा काठमाडौं नि सुन्य भएसी केको ब्यापार ? केको स्कूल कलेज लगानी नि ? जान्छ हेटौंडा सेटौडा, काभ्रेसाभ्रे, आदीत्यादी स्मार्ट सिटी जो बन्दै छ रे हल्ला सुनेको । सित्ती,  तिर जाउजाउ, हामीलाई त बालेन सिटी  जिन्दाबाद मखुला पासा ? लु अब केके थप्ने हो थप्नु, हामीलाई के छ ? एक पाउ राङाको मासु भयसँग आलु मुलामा गोल्भ्यारा, प्वाटेचा, मिसमास  गरेर तङ्रङ झोल तर्कारी खाए पुग्छ । तिमीहरुलाई जस्तो सिङो खसी ढाल्नु पर्दैन क्यार । सस्तोमा जीवन चलेको थियो फेरी चल्छ । आहाहा क्या रमाइलो र पावन द्रिस्य म देखिराछु तर होला र भन्या एस्तो छलाङ मार्ने परिवर्तन ? 
अँ, अन्तमा नारायनमान बिजुक्छेज्युको म त फ्यान हुँ नि । म फलवर चाँहीं होइन है । मलाई उहाको २० बर्ष जती अघिको सय बर्ष पछिको भक्तपुर पुस्तकले पारेको प्रभाब हो । हुनसक्छ, त, म खोजीराछु सय बर्ष पछीको काठमान्डौ अर्थात यें देः है त ।
...

All Comments.......


Please Login/Register To Comments