काठमाडौं, साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने चालकको उद्धार गरी अस्पताल लगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौबाट पोखरा उडेको सौर्य एयरलाइनसको विमान आज विहान दुर्घटनामा परेको हो । जहाज उड्ने बित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो ।

आज विहान ११ बजे सो दुर्घटना भएको भन्दै नेपाल नागरिक उड्यन प्राधिकरणले सो कुराको पुष्टि गर्दै उद्धार कार्य जारी रहेको जनाएको छ । सो विमानमा १९ जना सवार रहेको र तिनीहरुको उद्धार कार्य सम्पन्न भएको तथा दुर्घटना बारे थप अध्ययन भइरहेको बताइएको छ । विमान चालक मणिरत्न शाक्यको भने उद्धार पश्चात केएमसी अस्पताल सिनामंगलमा लगिएको छ भन्ने अन्य १८ जना यात्रुको मृत्यु भएको प्रहरीको भनाई छ । आज भएको दुर्घटनामा सौर्य एयरलाइन्सको ९.एन.एएमई कलसाइनको विमान रहेको थियो । दुर्घटना पश्चात विमानमा आगो लागेको थियो भने विमानहरु टुक्रा टुक्रा भएको थियो । आगो नियन्त्रण र उद्धारकार्यम नेपाली सेना, नेपाल प्रहरीसहित उद्धार टोलि परिचालन भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments