जर्मनी जर्मनमा बसोवास गर्दै आएका नेवाः समुदायको संस्था पासाः पुच्च जर्मनीले आईतवार “नेवाः तजिलजि नखः” कार्यक्रमको आयोजना गरि भब्यरुपमा सम्पन्न गरेको छ । जर्मनीका सफल ब्यवसायी एवं समाजसेवी कार्यक्रमका संयोजक शंकर महर्जनले कार्यक्रमको उद्धेश्य बारे प्रस्त पार्दै हाम्रो कला संस्कृती, भाषा, भेषभुसा, तजिलजिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्दै जानको लागि कार्यक्रम गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेवाः परिकार सम्हेबजीको ब्यवस्था गरिएको थियो भने लाखे नाच, लाईभ म्युजिक लगायत बिभिन्न नाचगान गरिएको थियो । कार्यक्रमको प्रमुख आकर्षणको रुपमा भक्तपुरको प्रसिद्ध सापारुको नाच “घेङताङ घिसी ट्वाक” नाच रहेको कार्यक्रमका संयोजक शंकर महर्जनले जानकारी दिनुभएको थियो । सो नाचको बाजाको तालमा उपस्थित नेवाः तथा गैर नेवाःहरु लगायत जर्मनी र अरु बिभिन्न देशका नागरिकहरु सहित १०० जना भन्दा बढीले उत्सुक्ताका साथ नाचेको जानकारी दिनु भयो । जर्मनीमा रहेका बिभिन्न संघ सस्था, ब्यवसायी, बिद्यार्थी र युरोपमा रहेका गैर नेवाः लगाय युरोपियनहरु गरि करिव ४०० जनाको सहभागीता रहेको संयोजक महर्जनले जानकारी दिनुभयो । कार्यक्रम सफल बनाउन कार्यक्रमको संयोजक शंकर महर्जन र जगत बहादुर जोशी लगायत सम्पूर्ण पासाः पुच फ्रङफोट जर्मनीका सदश्यको मेहनतले कार्यक्रम भब्यरुपमा सम्पन्न भएको आयोजक टिमले जानकारी दिएको छ । कार्यक्रमलाई सफल बनाउन हली नेवाः गुठी (ध्ल्इ वल्र्ड नेवाः अर्गनाइजेशन) केन्द्रका उपाध्यक्ष रजनी प्रधान, सल्हाकार रविन्द्रमान श्रेष्ठ, दिनेश प्रधान, ध्ल्इ का युरोप कोडीनेटर तथा नेवाः खल हम्वर्ग जमनीका संस्थापक कुमार नापित, नेवाः खल हम्वर्ग जर्मनीका संस्थापक अध्यक्ष मानव कुमार श्रेष्ठ र नेपालमा अपाङ्गता क्षेत्रमा बिगत ४ दशक देखि शेवा गर्दै आउनु भएका रमेश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।...

All Comments.......


Please Login/Register To Comments