सिपाडोल । श्री केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर परिसरमा सञ्चालनमा रहेका होटलहरुलाई अनिवार्य रुपमा मूल्यसूचि राख्न लगाइएको छ । सूर्यविनायक नगरपालिका, सूर्यृविनायक नगरपालिका वडा नं ८ सिपाडोल, श्री केदारनाथको शिर डोलेश्वर महादेव विकास समिति, प्रहरी तथा स्थानीयहरुको सहभागितामा अनुगमन गरी मूल्यसूचि राख्न लगाइएको वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी गराए । समितिले मूल्यसूचि हेरेर मात्र खाजा नास्ता खान पनि सवैसँंग अनुरोध गरेको छ । 
डोलेश्वरमा अहिले साउने मेला लागिरहेका कारण मेला भर्न आउनेहरुको दैनिक घुँंइचो छ । विशेष गरेर सोमबार र शनिबार विशेष घुइँचो लाग्ने गरेको छ । त्यही कारण यहाँं चिया नास्ता गर्नेहरुको संख्या वढी छ । यस्तो अवस्थामा पसलेहरुले जथाभाबी मूल्य लिएको गुनासोपछि मूल्यसूचि अनिवार्य गरिएको जनाइएको छ । साउने मेला भदौ ६ गतेसम्म चल्नेछ । 

...

All Comments.......


Please Login/Register To Comments