भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ नयाँठिमीस्थित सडक खण्डमा आइतबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ । काठमाण्डौबाट भक्तपुरतर्फ आँउदै गरेको गण्डकी प्रदेश ७ प. ५३५३ नं. को मोटरसाइकलाई सोही दिशातर्फबाट आँउदै गरेको बाग्मती प्रदेश ४ ख. २९०१ नं. को टिपरले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका वडा नं. १ घर भई हाल भक्तपुर कमलबिनायक  बस्ने वर्ष अन्दाजी २१ को सुवाष तामाङ गम्भिर घाईते भएका थिए । तत्कालै उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
लाश पोष्टमार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको जनाइएको छ । मोटरसाइकल पछाडी सवार काभ्रेपलान्चोक माहाकाल गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने वर्ष २० को संजिव थापा मगरको मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइरहरको छ । 
घटनास्थलमा प्रहरी वृत ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै सवारी साधन र टिफर चालक काभ्रेपालन्चोक मण्डनदेउपुर गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २८ को राज कुमार राईलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments