भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरको प्रिन्सिपलमा एसोसिएट प्रोफेसर इन्जिनियर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । नवनियुक्त प्रिन्सिपल इन्जिनियर भण्डारीले सोमबारबाट नै पदभार ग्रहण गरेका छन् । 
कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको बैठकले भण्डारीलाई प्रिन्सिपलमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त प्रिन्सिपल भण्डारी यसअघि कार्यबाहक प्रिन्सिपल थिए । 
कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सोमबार नवनियुक्त प्रिन्सिपल भण्डारीलाई पदभार पदभार ग्रहण गराए । सो अवसरमा प्रमुख खत्रीले नवनियुक्त प्रिन्सिपल भण्डारीलाई सफलताको शुभकामना व्यक्त गरे । 
नवनियुक्त प्रिन्सिपल भण्डारी सन् २००१ मा कलेजमा प्रवेश गरेका थिए । त्यसपछि उनी सन् २०१० मा कार्यक्रम संयोजक, सन् २०१२ मा इलेक्टोनिक्स एण्ड कम्युनिकेशन डिपार्टमेन्ट प्रमुख रहेका थिए । साथै उनी सन् २०२१ मा भाइस प्रिन्सिपल, सन् २०२३ देखि कार्यबाहक प्रिन्सिपल हुँंदै अहिले प्रिन्सिपल नियुक्त भएका हुन् । 
नेपाल इन्जिनियरिङ कलेज (नेक) नाफा नलिने उद्देश्यका साथ सञ्चालित गैरनाफामुलक कलेज हो । यो पोखरा विश्वविद्यालयको सम्वन्धनबाट सञ्चालित छ । यहाँं स्नातकदेखि स्नातकोतर तहसम्म इन्जिनियरिङ विषयका विभिन्न विधाहरुको पढाई हुँंदै आएको छ । स्नातक तहको पढाई भक्तपुरमा र स्नातकोतर तहको पढाई ललितपुरमा हुने गरेको छ ।  

...

All Comments.......


Please Login/Register To Comments