भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरको आयोजनामा सोमबार भक्तपुरमा सदस्य साथीहरुवीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा अहिलेसम्म पनि दलीय पत्रकारिताको हावी भएको भन्दै स्वतन्त्र पत्रकारितामा जोड दिइयो । कार्यक्रमका वक्ताहरुले अहिले पनि पत्रकारहरु दलीय संगठन बनाए अगाडि वढेको भन्दै चिन्ता व्यक्त गरियो । 
स्वतन्त्र पत्रकार संघ नेपालका उपमहासचिव रत्नकाजी प्रजापतिले पत्रकारहरु अहिले पनि युनियन, चौतारी भनेर संगठित हुनु दुर्भाग्यपूर्ण रहेको बताए । आयोजक स्वतन्त्र पत्रकार संघ भक्तपुरका अध्यक्ष सुरेशप्रसाद साँंयजू, कोषाध्यक्ष अनिल फोंजू, केन्द्रिय पाषद् कृष्ण किसीलगायतले स्वतन्त्र पत्रकारितामा जोड दिए ।
जनसञ्चार गृह, नौलो आयाम डट कम, एवीसीडी खवर डटकम र हाम्रो कला संस्कृति (सत्य शर्मा) फेस बुक पेजको सहयोगमा कार्यक्रम भएको थियो । कार्यक्रममा सदस्य दुई दर्जन भन्दा वढी पत्रकारहरुको सहभागिता रहेको थियो ।     

...

All Comments.......


Please Login/Register To Comments