भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका संस्थापक अध्यक्ष स्वर्गीय प्राडा दीपक भटराईको शालिक अनावरण तथा उनीद्धारा लेखिएको पुस्तक विमोचन गरिएको छ । ‘नेपाल इन्जिनियरिङ कलेज स्थापना, विकास र सम्भाबना’ नामक पुस्तकको पनि विमोचन र उनको शालिक अनावरण गरिएको हो ।

भक्तपुर क्षेत्र नं २ का संघीय साँंसद महेश वस्नेतले आइतबार एक कार्यक्रमवीच शालिक अनावरण र पुस्तक विमोचन गरेका हुन् । कलेजको दीपक स्मृति भबन अगाडि बनाइएको शालिक अनावरण गरिएको हो । करिव १२ लाख ८० हजारका लागत इष्टमेटमा शालिक निर्माण गरिएको शालिक निर्माण गर्न गठित समितिका सदस्य एवं कलेजको प्रशाशन तथा लेखा प्रमुख श्रीमा शर्माले जनाइन् । त्यसका लागि तीन लाख ९५ हजार एक सय रुपैयाँं कलेजका शिक्षक र कर्मचारीबाट प्राप्त भएको र बाँकी पैसा कलेजले व्यहोरेको उनले जनाइन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय प्राडा भटराईद्धारा लिखित संघीय साँंसद् वस्नेत, स्वर्गीय लेखककी धर्मपत्नी इल्या, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँंगुनारायण नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सोमप्रसाद मिश्र, कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ, पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा इन्जिनियर टेकराज ज्ञवाली, सहरी विकास तथा भबन निर्माण विभागका महानिर्देशक मणिराम गेलाललगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा कलेज स्थापनाको वर्ष २०४८ देखि २०७५ र त्यसपछिका विषयवस्तु समावेश छन् । नेपाल इन्जिनियरिङ कलेज स्थापनाका कथा पुस्तकमा समेटिएका छन् । साथै कलेजको विकासक्रम, पछिल्ला वर्षहरुमा संस्थापकहरुबाटै भएका रडाको, लेखक भटराईमाथिको लाञ्छनायुक्त दोषारोपण र कलेजको सम्भाबनाबारे उल्लेख गरिएका छन् । स्वर्गीय लेखकले लेखेको पुस्तक उनको स्वर्गीय भएको एक वर्षपछि प्रकाशनमा ल्याइएको हो । पुस्तकका प्रकाशन लेखककी धर्मपत्नी इल्या भटराई रहेकी छिन् । पुस्तक एक सय नौ पृष्ठको रहेको छ ।
कार्यक्रममा संघीय सांसद वस्नेत, स्वर्गीय दीपक भटराईकी धर्मपत्नी इल्या, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख गेलाल, चाँंगुनारायण नगरपालिकाका प्रमुख मिश्र, कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठ, पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक प्राडा इन्जिनियर ज्ञवालीलगायत नेपाल इन्जिनियरिङ कलेज स्थापनामा स्वर्गीय भटराइको योगदानबारे चर्चा गरेका थिए ।

कार्यक्रममा कलेजका कर्मचारी प्रतिनिधि मनोहर खनाल, शिक्षक प्रतिनिधि सहप्राध्यापक ईन्जिनियर हरिमोहन श्रेष्ठ, प्राडा मुरलीगोपाल रञ्जितकार, प्राडा शितल कार्कीलगायतले पनि इन्जिनियर शिक्षा क्षेत्रकाबारेमा आआफनो धारणा राखेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments