भक्तपुर, साउन १९
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.इताछें भक्तपुरको शिक्षा तथा बचत उप–समितिको आयोजनामा एकहप्ते समाचार लेखन तालिम शनिबार भक्तपुरमा सम्पन्न भएको छ । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि साविक भक्तपुर नगरपालिका वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं समाजसेवी रवीन्द्र खर्बुजाले प्रमाण–पत्र वितरण गर्नुभयो । तालिमको औपचारिक समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खर्वुजाले तालिमबाट सिकेको सीपलाई आफुस“ग मात्र सिमित नाराखी निरन्तर रुपमा उपयोग गर्दै जानुपर्ने बताउनुभयो । विभिन्न लेख र समाचाहरु लेख्दा सम्बन्धित विषयकोबारेमा अध्ययन गरी सत्यतथ्य मात्र समाचारको रुपमा लेख्नुपर्नेमा उहाले जोड ्दिनुभयो । समसामयिक विषयमा पत्रपत्रिकामा आएको लेखहरुबारे चार्चा गर्र्दै हाल १२ कक्षा उत्तीर्ण गरेस“गै बैदेशिने प्रबृति बढ्ढै गएकोमा उहाँंले चिन्ता व्यक्त गर्नुभयो ।
 संस्थाका अध्यक्ष राजन जतिले संस्था स्थापनाकालदेखि विभिन्न तालिमहरु संचालन गर्दै सदस्यहरुलाई शिक्षा दिदै आएको बताउनुभयो । समुदायमा आधारित सहकारीहरुले समाजलाई नै अगाडि बढाउने किसिमको कार्यक्रम गर्दै जानुपर्ने उहाले राख्नुभयो । अहिलेको सहकारी संस्थाहरुको अवस्थालाई औल्यांउदै ब्याजको लोभमा जथाभावी सहकारीहरुमा बचत जम्मा गर्दा सर्वसाधारनको मात्र नभइ सहकारी संचालकको समेत बचत रकम फिर्ता नपाएको उहाले बताउनुभयो । 
तालिमका प्रशिक्षक कृष्णराम किसीले सत्यतथ्य र राम्रो समाचार लेख्न सकेमा समाजले पनि आफुलाई चिने बताउदैै प्रचामप्रसारको महत्वबारे चर्चा गर्नुभयो । 
आयोजक उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति कृष्णराम तुकंबन्जारले प्रशिक्ष्ाँर्थीहरुले संस्थाले संचालन गरेको विभिन्न कार्यक्रमहरु र आफु संग्लन रहेको संघ संस्थाको समाचारहरु लेख्न सकोस भनी शुभकामना व्यक्त गर्नुभयो । कार्यममा प्रशिक्षार्थीकोतर्फबाट तुल्सीलक्ष्मी दुमरुले आफ्नो तालिको अनुभव राख्नु भएको थियो । कार्यक्रम उपसमितिका सदस्य सजीब मानन्धरले संचालन गर्नु भएको थियो । तालिममा १४ जनाको प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

...

All Comments.......


Please Login/Register To Comments