भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवं बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईसंग निओ फ्युजन स्कुल अफ कम्प्युटर इनाचो भक्तपुरका कम्प्युटर तालिमका उपत्यका बाहिरका प्रशिक्षार्थीहरुसंग अन्र्तक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो । 
कार्यक्रममा सांसद गोसाईले गरिव हुनु ठुलो होइन बरु गरीवको नेतृत्व गरी इमान्दार रुपमा समाज र देशलाई जोगाउने युवा, विद्यार्थीको खाँचो यो देशमा रहेको बताउनुभयो । विदेश जाने पैसा कमाउने परिपार्टीले गर्दा आज देशमा स्वाभिमान नेपालीको कमी भएको बताउँदै यो धेरै समय नहुने उहाँंले बताउनुभयो । नेपाली युवा खाडीमा बाध्य रुपमा काम गर्नुपर्ने र लाससमेत आफ्नो मातृभुमि ल्याउन नसकेको निकम्मा सरकारले गर्दा भएको उहाँंले औल्याउनुभयो । अन्र्तराष्ट्रिय भाषा जानी राख्नु विद्यार्थी जीवनको लागि निकै लाभदायिक हुने र यसले देशका विविध विषयमा अन्र्तराष्ट्रिय मुल्य र मान्यताको वकालत गर्न सकिने उहाँंले बताउनुभयो । 
अन्र्तराष्ट्रिय भाषाको लागि चिनियाँ भाषा अझ उपयुक्त हुने, यस भाषा अवका केही वर्षपछि निकै उपयोगी हुने उहाँंले बताउनुभयो । चीन अव विश्वको नमुना देश तथा व्यापारिक रुपले सवल र विकसित देशको रुपमा विश्वमा आफ्नो पहिचान कायम गरेको छ । हातमा सीप, मिहिनत र दुःख गरेकाहरुले स्वदेशमै राम्रो आर्य आर्जन गर्न सकिने बताउँदै देशको स्वाभिमानलाई बचाइ राख्न आजको मुल काम भएको उहाँंले बताउनुभयो । राजनीति भनेकै सेवा हो । गरीव, किसान, मजदुर, शोसित, पीडितहरुको हक र अधिकारको लागि प्रयोग गरिने एक मुल माध्यम हो राजनिति । राजनिति कहिलै नराम्रो हुदैंन । राजनिति गर्ने गलत, भ्रष्ट र दलालको चंगलले गर्दा राजनितिमा केही खोट देखिएको हो । राजनितिले मानिस र समाजको सेवा गर्ने र देशको रक्षार्थ सदैव तत्पर रहने अर्थ जनाउँछ, उहाँंले भन्नुभयो । 
सांसद गोसाईका अनुसार आजको विद्यार्थीहरु स्क्रिन टाइमको आतंकमा होमिएको छ । स्क्रिन टाइम भन्नाले मोवाइलको स्क्रिन, टिभीको स्क्रिन, ट्याबलेटको स्क्रिन आदिमा आफ्ना समय विताउने गर्नेले प्रगतिशिल गतिविधी, सोच र विचारको क्षमतामा ह्रास भएको देखिन्छ । तसर्थ अब स्क्रिन टाइम होइन ग्रिन टाइमको समयमा विताउनु पर्छ । समाज, परिवार, साथीभाईसंगको कुराकानी तथा काम हुनपर्दछ । बाहिर जिल्लाबाट आएकाहरु भक्तपुर दोस्रो घर भएको बताउँदै यहाँ कुनै समस्या भएमा हामीलाई खवर गर्न आग्रह गर्नु भयो । 
कार्यक्रममा निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले उपत्यका बाहिरबाट आउनु भएका विद्यार्थीहरुलाई गलट काम गराउने र कामको लोभ लालचमा फसाउने काम उपत्यका बाहिरका पहिलै नै आएर बसोबास गरेका व्यक्तिले गरेको भन्नुभयो । काम र पढाईका लागि बाहिरका जिल्लाहरु भक्तपुर आएको तथा विकास र सुुविधाको लागि पनि भक्तपुर तथा उपत्यका प्रवेश गरेकोको संख्या बढी भएको बताउनु भयो । उपत्यका बाहिरका युवाहरु कि विकसित जिल्ला कि विदेशमा गएको देखिन्छ । कार्यक्रममा २८ जिल्लाको विद्यार्थीहरु सहभागिता रहेका छन् । 

...

All Comments.......


Please Login/Register To Comments