सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर  थिमि नगरपालिका वडा नं. ४ बप्पास्थित नौलोज्योति अंग्रेजी स्कुलद्धारा एसईई बधाई एवं सम्मान कार्यक्रम आयोजना गरियो । नौलोज्योति अंग्रेजी स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले शिक्षाको गुणस्तरीय विकास र विस्तारमा नौलोज्योति स्कुलको ठुलो योगदान रहेको बताउनु भयो । नगरप्रमुख श्रेष्ठले आफू पनि उक्त स्कुलमा अध्ययन गरेको स्मरण गर्दै न्यूनशुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नौलोज्योति स्कुलले हालसम्ममा सयौं दक्षजनशक्ति उत्पादन गरिसकेको भन्दै एसईई उत्तीर्ण सबै विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । नगर प्रमुख श्रेष्ठले मथिनपाले शिक्षा र स्वास्थ्यको साथै सम्पदा संरक्षण र पुनर्निर्माणलाई निरन्तरता दिएको बताउनु भयो । कार्यक्रमका विशेष अतिथि मथिनपा वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले मध्यपुर थिमि भेगकै पुरानो संस्थागत विद्यालय मध्य नौलोज्योति स्कुलले गुणस्तरीय शिक्षाका साथै जनताका अधिकारबारे पनि विद्यार्थीहरुलाई सचेत बनाएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा नौलोज्योति स्कुलका प्रिन्सिपल शिवकृष्ण श्रेष्ठले मेधावी विद्यार्थी, लगनशील शिक्षक समूह, सहयोगी अभिभावकका कारण स्कुलले शैक्षिक, सामाजिक, सांस्कृतिक लगायतका ज्ञान दिएर दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउनु भयो । प्रिन्सिपल श्रेष्ठले किताबी ज्ञानका साथै व्यवहारिक, प्रयोगात्मक र अतिरिक्त क्रियाकलाप मार्फत प्रतिस्पर्धि नागरिक तयार पार्न नौलोज्योति स्कुल निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो । 
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले एसईई २०७५ देखि २०८० सम्ममा सफल भएका सबै विद्यार्थीहरुलाई रातो टिका, खादा, पदक, प्रमादपत्र एवं पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका सभापति दुर्गामोहन श्रेष्ठले न्युनशुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको नौलोज्योति स्कुलमा न्यून अनि मध्यम वर्गका विद्यार्थीहरु पनि उल्लेख्य मात्रामा अध्ययनरत रहेको बताउनु भयो । शिक्षा, सचेतना, सीप मार्फत अनुशासित, चरित्रवान प्रतिस्पर्धी नागरिक तयार गर्नु नौलोज्योति स्कुलको उद्देश्य रहेको सभापति श्रेष्ठले बताउनु भयो । कार्यक्रममा स्कुलका वरिष्ठ शिक्षकहरु राजेन्द्र सिग्देल र सुशीला श्रेष्ठले संस्कारयुुक्त शिक्षामा नौलोज्योति स्कुल निरन्तर क्रियाशील रहेको भन्दै पढाईसँगै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको व्यक्तित्व, नेतृत्व अनि सीप विकासलार्य पनि प्राथमिकता दिएको जानकारी दिनुभयो । उक्त शिक्षिकाद्धय सीता बस्नेत, मनिता श्रेष्ठ लगायतले संचालन गर्नुभएको उक्त एसईई सम्मान अनि बधाई कार्यक्रममा नेपाली, नेवारी, तामा», मैथिली लगायतका भेषभूषामा सजिएका विद्यार्थीहरुद्धारा आकर्षक नृत्य प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा पूर्वविद्यार्थीहरु अनितमणि भण्डारी, स्वस्ति चापागाईं लगायतले नौलो ज्योति स्कुलले गुणस्तरीय शिक्षाका साथै असल संस्कार सिकाएका कारण आफूहरु जीवनमा सफल भइरहेको धारणा राख्नु भयो । शंखधर पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा विभिन्न भेषभूषामा सजिएका २ दर्जन बढि विद्यार्थीहरुले नेपाली, नेवारी लगायतका गीतमा नृत्य गरेर दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ।

...

All Comments.......


Please Login/Register To Comments