सूर्योदय सेकेण्डरी स्कुल, खँचा (हनुमानघाट) मा स्काउट विद्यार्थीहरूको दीक्षान्त तथा स्कार्फ वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उप-प्रमुख तथा स्थानिय स्काउट प्रमुख रजनी जोशीले स्काउट शिक्षाको महत्त्व तथा भक्तपुर नगरापालिकाले विविध कार्यक्रमहरू बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा विशेष अतिथि नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्य, विद्यालयका सञ्चालक महेन्द्रगोपाल कर्माचार्य, भनपाका स्थानिय आयुक्त बालकृष्ण बनमाला, नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य रत्ना चवाल, स्काउट प्रशिक्षक रूषा शाक्य, श्रेया कर्माचार्य, विद्यालयका सह प्रिन्सिपल जयप्रकाश तामाङ, अभिभावक प्रतिनिधि गङ्गाबहादुर सुनुवारलगायतले स्काउट शिक्षा र विद्यालया कृयाकलापहरूबारे भनाइ राख्नुभएको थियो । सूर्योदय सेकेण्डरी स्कुलका जम्मा १३८ जना विद्यार्थीहरू दीक्षित भएको जानकारी विद्यालयका प्रिन्सिपल विजय कर्माचार्यले जानकारी गराउनुभयो ।...

All Comments.......


Please Login/Register To Comments