भक्तपुर । भक्तपुरको चाँगनारायण नगरपालिका–८ सुडाल बस्ने दिनेश खड्का (हाल दुबाई आर्मीका रूपमा दुबाई बस्ने) ले पोर्चुगल लान्छु भनी ४ जनासँग ११ लाख रुपैयाँ ठगी गरेको जनाइएको छ । पीडितका अनुसार अहिले उनी सम्पर्कविहीन छन् ।
पीडितका अनुसार खड्काले विदेश लैजान नसकेपछि एक वर्षको समय राखेर श्रीमती रीता खड्कामार्फत बिबेक पौडेललगायत अरु तीन जना पीडितलाई चेक दिएका थिए । अहिले एक बर्षपछि पनि पैसा नदिएपछि चेक बाउन्स भएको छ । त्यसपछि प्रहरीमा उजुरी राखी उनको नाममा पक्राउ पुर्जी जारी भएको एकजना पीडित सुडाल वस्ने विराज फुयाँंलले बताए । 
बताइए अनुसार पक्राउ पुर्जी आएपश्चात् उनको घर चाँगनारायण –८ सुँडालस्थित प्रहरी प्रभागका प्रहरी खड्काको सुडालस्थित घर गएका थिए । घरमा जाँंदा नभेटिएको जनाइएको छ । सम्पूर्ण आफन्तजनसँंग छानबिन गर्दा पनि सम्पर्कबिहिन भएको एक दुई महिना नै भइसकेको बताइएको छ । सुडाल बस्ने दिनेश खड्का र रिता ढकाल खड्का बेपता भएका हुन् । 

...

All Comments.......


Please Login/Register To Comments