ललितपुर । बन्द रहेको पायः (खड्ग) जात्रा र नव दुर्गा ( गःथुँ प्यांख ) नाच सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना पत्रकारलाई सम्मान गरिएको छ ।  
यल सांस्कृतिक पर्व संरक्षण समितिले आईतबार एक समारोहको आयोजना गरी सो सम्मान गरेको हो । सम्मानित हुने पत्रकारहरूमा क्रमशः सुनील महर्जन, प्रशान्त माली र राजेश बज्राचार्य रहनुभएको छ ।
सो समारोह पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा आयोजना गरिएको थियो । सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनुभएका समितिका संयोजक कृष्णलाल महर्जनले खाढा ओढाई वाग्मती प्रदेशका सासंद् शोभा शाक्य र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पत्रकारहरूलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
दशै अवसरमा पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः  जात्रा र गथु प्याँख पुनः सञ्चालनका लागि सञ्चार क्षेत्रबाट उल्लेखनीय भूमिका निर्वाह गरेकोलाई कदर गर्दे सो सम्मान गरिएको समितिका संयोजक कृष्णलाल महर्जनले बताउनुभयो । सो अवसरमा  संस्थागत रूपमा नेवाः पत्रकार राष्ट्रिय दबूलाई पनि सम्मान गरिएको थियो ।
लिच्छिविकालीन संस्कृति, धार्मिक र ऐतिहासिक महत्वको  पायः जात्रा २३ वर्षदेखि रोकिएको थियो । त्यसैगरी ठेचोको नवदुर्गा नाच विजया दशमीको दिन पट्कोमा ४० वर्षदेखि र पाटन दरबार क्षेत्रमा पाँच वर्षदेखि रोकिएको थियो ।
नाच पुनः सञ्चालन गर्न सञ्चार क्षेत्र मार्फत निरन्तर पैरवीसंगै तीन जना पत्रकारले शुरूमा संयोजनकारी भूमिका निर्वाह गरेको थियो ।  तीन जना पत्रकारको अगुवाई  र नेवाःपत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको आयोजनामा २०७३ असोज १३ गते पहिलो पटक जिल्लाका प्रशासन, स्थानीय निकाय, गुठी संस्थान, गुठीयारहरूको  बृहत् गोष्ठी आयोजना गरेको थियो । नाच पुनः सञ्चालनका क्रममा गोष्ठीमा उठाईएको माग, समस्या समाधान, सरोकारवाला र गुठीयारबीच समन्वय, स्थानीय निकायमा निरन्तर पैरवीका लागि तत्कालीन वाणिज्य संघको अध्यक्ष सविन श्रेष्ठ संयोजन रहने गरी यल सांस्कृतिक पर्व संरक्षण समिति गठन गरेको थियो ।  समितिले २०७३ चैत्र महिनामा   जिल्ला विकास समितिको सहयोगमा बृहत सरोकार भेला आयोजना गरी नाच संञ्चालनको लागि सरोकारवालासंग संवाद गर्ने भेला, डेलिगेशन र ज्ञापनपत्र बुझाउने नीष्कर्ष निकालेको थियो ।
यही क्रममा गुठीयार, सञ्चार क्षेत्र, नेवाःपत्रकार राष्ट्रिय दबू, उद्मी व्यवसायी र महानगरपालिका लगायत सबैको पहलको परिणति २०७४ मा पाटन दरबार क्षेत्रमा नवदुर्गा नाच पुन संञ्चालन गरेको संघका महासचिव मनोजबहादुर न्याछ्योले समारोहमा धारणा राख्नुभयो । त्यसैगरी संघको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित भएपछि २०७५ सालको दशैताकादेखि पायः जात्रा संञ्चालन भएको थियो । सो अवसरमा पत्रकार प्रशान्त मालीले लेख्नुभएको  झखड्ग पायः जात्राञ  नामक पुस्तक लोकार्पण गरिएको थियो । सो पुस्तक नाचको धार्मिक, सांस्कृतिक, ऐतिहासिक पक्ष र नाच संञ्चालनका लागि भएका योजनाबद्ध भूमिका र प्रयासको दस्तावेज रहेको लेखक मालीले बताउनुभयो । समारोहमा सो अवसरमा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनले संस्कृति पर्व संरक्षणका लागि सबै एकजुट भएर अघि बढेको हुनाले बन्द भएको अमूर्त संस्कृति सञ्चालन सम्भव भएको बताउनुभयो ।
सो अवसरमा विभिन्न गुठीका गुठीयार, बाजंखलः जातीय समाजका प्रतिनिधि र उद्मी व्यवसायी अजरमान जोशी लगायत लाई सम्मान गरिएको थियो ।  महानगरपालिका प्रमुख महर्जन, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले संस्कृति संरक्षणका लागि सबैको सामूहिक प्रयास प्रभावकारी रहने नाच पुनः संञ्चालनले प्रमाणित गरेको धारणा राख्नुभयो

...

All Comments.......


Please Login/Register To Comments