शंकर पौडेल
अध्यक्ष 
योगि नरहरिनाथ ट्रष्ट 
आध्यात्मिक परिषद 
९८४१७०९०६५
प्रारम्भ 
विगे्रडियर जनरल लक्ष्मी शम्शेर जङ्गबहादुर राणा तथा समाज सेवी श्रीमती विष्णु कुमारी राणाकी सुपुत्री सावित्री राणाको शुभविवाह वि.सं. २०२४ सालमा साहित्यकार डा. इनदुल के.सी. संग शुसम्पन्न भएको थियो । भक्तपुरमा आप्नो छुटै पहिचान बोकेको डा. इन्दुल के.सी.को धर्मपत्नी सावित्रीको गृह प्रवेश भएपश्चात ५७ बर्ष सम्म अर्थात वि.सं. २०८० साल सम्म सुख र दुःख, घाम छाँया जस्तो वित्यो । २०८० साल असोज महिना २१ गते सावित्रीजीले यो धराधाम त्यागेर परम धाम हुनु भयो । 
सामाजमा केहि सकारात्मक काम गरौं, आफुले जानेका कुरा अरुलाई पनि बाँडौ भन्ने भावनाले ओतप्रोत भएका डा. इन्दुल के.सी. को जीवनमा धर्मपत्नी सावित्रीवाट सधै एक आपसमा सहयोग मिलीरह्यो । मेरो अध्यक्षतामा संचालित विभिन्न सघसंस्थाहरुको कामको सिलसिलामा आवश्यक सरसल्लाह गर्न म उहाँहरुको निवास भक्तपुरमा पुग्ने गर्थें । सावित्रीजीको अतिथि सत्कार मृदुभाषि सोभाव मैले देखेको थिएँ, भोगेको थिएँ । एक पटक भक्तपुर शहरको विश्व प्रशिद्ध पाँचतल्ले मन्दिर, भैरवनाथ मन्दिरको मैले अवलोकन भ्रमण गर्दा डा. इन्दुल के.सी. स्वयं पथ प्रदर्शक भई त्यहाँको एैतिहासिक धार्मिक देवदेवीको मन्दिर निमार्ण वारे तथ्यगत प्रमाणहरु देखाई वर्णन गरेको कुराले मलाई ठुलो प्रभाव पारेको छ । 
विहान घरबाट निष्केको श्रीमान प्राय बेलुका घर फर्कदा कुनै प्रश्न नगर्ने आवश्यक सत्कार र मुस्कानमा कमि आउन नदिने, दिन भरी आफ्ना छोरा छोरीको हेरचाह गर्ने, घर सम्हालेर रहने सावित्रीजीको आदतलाई स¥हानियनै मान्नु पर्छ । श्री ५ को सरकारका अधिकृत श्रीमान इन्दुलज्यूले आफ्नो कार्यालयबाट प्राप्त मासिक तलव रकम श्रीमतीलाई बुझाउने अनि त्यस रकमबाट घरको सम्पूर्ण व्यवस्थापन श्रीमती सावित्रीले गर्ने कार्य त्यति सजिलो थिएन । घर गृहस्थि, घरधन्दा, बन्दोवस्तको कामकोे सफलताको मूल्याङ्कन – आफ्ना छोरा उज्वल के.सी., छोरीहरु रजनी के.सी. र सजनी के.सी. हरुलाई आवश्यक शिक्षादिक्ष दिलाई सक्षम नागरिक बनाउने काममा सावित्रीज्यूको अहम भुमिका रहेको थियो । 
सावित्री स्मृति पुस्तक 
सावित्री स्मृति (सावित्री राण के.सी. स्मृति पुष्प) नामको पुस्तक डा. इन्दुल के.सीज्यू स्वयमंले सम्पादन गरिएको तथा शब्दयात्रा प्रकाशन, बनेपाबाट प्रकाशित भएको पुस्तक हो । यस पुस्तकलाई मैले अभिरुचि पूर्वक पढें । जम्मा ६४ पृष्ठ रहेको यस पुस्तकनै सावित्री के.सी. राणाजीको जीवनमा आधारित अनेकौ कुराहरुको लिपिबद्ध गरी स्मृती श्रद्धासुमन तथा विभिन्न ब्यक्तिहरुको भावपूर्ण श्रद्धान्जलीहरुको साथै समबेदनाहरुको विवरण यस पुस्तकमा रहेका छन् । यसमा रहेका केही कुराहरु मैले निम्न अनुसार उल्लेख गर्न सान्दर्भिक थानेँ । 
तिर्थयात्रा÷धार्मिक क्रृयाकलाप 
सभ्य र सुसंस्कृत परिवारमा जन्म भएका डा. इन्दुल र सावित्री राणको स्वधर्म, संस्कृति र सभ्यताको अगाध अपार प्रेम रहेको देखिन्छ । नेपाल तथा छिमेकी देश भारतका अनेकौ धाम, मन्दिर, कुण्ड, गुफा, चैत्य–गुम्वा साथै विभिन्न पवित्र धार्मिक स्थलहरुको भ्रमण भएको देखियो । आफ्नो गक्ष अनुसार दान, सहयोग गर्दै आउनु भएको पनि रहेछ । यसै सन्दर्भमा आफ्नो घरमा सत्यनारायण पुजा, सार्वजनिक ठाउँमा आयोजित श्रीमद् भागवत महाँपुराण कार्यहरलाई सहयोग पनि प्रदान गर्नु भएको रहेछ । श्री बाहाराही पीठ भक्तपुरमा डा. इन्दुल के.सी. कै अध्यक्षतामा स्थापित बाद्यसंग्राहलयमा आफ्नो नामबाट बाद्यबादनका सामग्रीहरु पनि प्रदान गर्नु भएको रहेछ । 
भक्तपुर नगरपालिका वडा नं. ४ नासमना टोलमा स्थापित श्री श्यामसुन्दर रास भजन मण्डलको घर २०७२ सालको महाभुकम्पले ठुलो नोकसानी पु¥याएकोले उक्त भजनघरलाई पून निर्माण गर्न डा. इन्दुल के.सी. कै अध्यक्षतामा गठित पूननिर्माण समितिको सक्रियतामा रु. १,५०,००,०००।– को ईष्टिमेतमा भवनको पूननिर्माण कार्य सम्पन्न भएको व्यहोरा उक्त पुस्तकमा उल्लेख भएको छ । त्यस भजन घरमा हुने नित्य पुजा, आरती आदी कार्यका लागि आवश्यक सामानहरु समेत सावित्रीज्यूबाट व्यवस्था गरिएको रहेछ । 
विभिन्न महानुभावहरुले आफन्तजनको स्वर्गारोहण पछी सोककाव्य, सोकग्रन्थ तयार गरिएका पुस्तकहरु प्रकाशित गर्ने प्रचलन छ । यसै क्रममा यो पुस्तक तयार भएको देखिन्छ तर यो पुस्तक एक प्रकारको नौलो र मौलिक ढंगले तयार पारिएको एउटा नमुनाको रुपमा रहेको देखियो ।
देशको विभिन्न स्थानमा संचालन हुने धार्मिक, सामाजिक, साहित्कि कार्यक्रमहरुमा सकेसम्म उपस्थित भई सहभागिता जनाउने, त्यस्ता काममा आफूले सक्दो योगदान गर्ने उहाँका परिवार जनको स्वभाव नै रहेको देखिन्छ । उदाहारणको लागि उहाँहरुका छोरा श्री उज्वल के.सी. अध्यक्ष रहेको काठमाण्डौ कोटेश्वर तिनकुने सुविधानगर उपभोक्ता संघको सक्रियतामा हालै रु. २०,००,०००।– को लागतमा तयार भएको कलात्मक प्रवेशद्धारालाई यहाँ पनि उल्लेख गर्न सान्दर्भिक लाग्यो । 
अन्तमा 
सावित्री के.सी.को निधनले डा. के.सी. परिवारलाई तथा समाजलाई अपूरनिय क्षेती भएको हाम्रो संस्थाका सदस्यहरुलाई लागेको छ । योगि नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद, नेपाल विश्व हिन्दु महाँसंघ र श्री हनुमान आरधना मण्डल नेपालको तर्फबाट त्यसवेल श्रद्धान्जलि तथा समवेदना व्यक्त गरेको थिएँ । पत्नीको वियोगलाई एकातिर पन्छाएर यो सावित्री राणा के.सी. स्मृती पुस्तक आफैले संकलन र सम्पादन गरी पुस्तक तयार गर्ने काममा डा. इन्दुल के.सीज्यूले गर्नु भएको कामको हाम्रो संस्थाहरुले उच्च मुल्याङ्कण गरेको छ । 

...

All Comments.......


Please Login/Register To Comments