भक्तपुर । स्तनपानमा समानता ः सबैको सहयोग र सहभागिता भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताह अगस्त १–७, २०२४ को उपलक्ष्यमा भक्तपुर नगरपालिका वडा नं. २ मा स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा वडा सदस्य मन्जु लाखाजुले शिशुलाई जन्मदिएपछि हरेक आमाले स्तनपान गराउनु बालबालिकाको नैसर्गिक अधिकार रहको बताउनुभयो । साथै परिवार र समाजका हरेक व्यक्तिले स्तनपानको महत्व बुझी आमालाई स्वनपान गराउनमा साथ दिई स्तनपान गराउन प्रोतसाहन दिनुपर्ने उहाँंले बताउनुभयो ।

वडा नर्स गेसा कर्माचार्यले वर्तमान समयमा स्तनपानको आवश्यकता र महत्वबारे प्रस्तुत दिएको उक्त कार्यक्रममा विशेषगरी कामकाजी महिलाले बच्चालाई पूर्णरूपमा स्तनपान गराउन नसक्नु र कार्यालयमा स्तनपान कक्ष र शिशु स्माहार कक्षको आवश्यकताबारे काठमाडौ स्कुल अफ मेडिकल साइन्सका विद्यार्थीहरुले सन्देशम’लक नाटक प्रस्तुत गरेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments