मध्यपुर ठिमी भक्तपुर हाम्रो संस्कृति : हाम्रो गौरव, हाम्रो शान र हाम्रो पहिचान भन्ने कुरालाई महत्व दिँदै हरेक संस्कृति हाम्रा अमूल्य सम्पत्ति हुन् भन्ने ज्ञान सदा सर्वदा विद्यार्थीहरुमा प्रदान गर्दै आएको विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी ,भक्तपुरले नागपञ्चमीको पावन अवसरमा विशेष कार्यक्रमको आयोजना गर्यो। विद्यार्थीहरूलाई सांस्कृतिक पर्व र उत्सव तथा हाम्रा चाडपर्वहरूबारे जानकारी दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो। स्थानीय पाठ्यक्रमलाई आधार मानी विद्यार्थीहरूमा हरेक जातजातिको सांस्कृतिक पहिचान र यसकाे महत्व वारे जानकारी दिँदै आएको विनायक शिक्षा निकेतनले हरेक जातजातिले मान्दै नागपञ्चमी पर्व यसको सांस्कृतिक महत्त्व र यससँग सम्बन्धित किम्बदन्तीहरू बारेमा जानकारी दिनु विद्यालयको उद्देश्य रहेको कुरा बताएको छ। सो कार्यक्रममा विद्यार्थीहरूले नागपञ्चमीका बारेमा आआफ्ना धारणा तथा यससँग सम्बन्धित कृष्ण र कालीनागका कथाहरु प्रस्तुत गरेका थिए। साथै यसको सांस्कृतिक महत्त्वका विषयमा समेत चर्चा परिचर्चा गरेका थिए।...

All Comments.......


Please Login/Register To Comments