अष्ट्रेलियाको एडिलेडमा रहेको फुटवल क्लव ब्रदर्श युनाइटेड  ‘बियुएफसी’  क्लबले राज लामाको अध्यक्षतामा वर्ष 24-25 का लागि नयाँ कार्यसमिति चयन गरेको छ।

हालै सम्पन्न क्लबको  साधारण सभाबाट अधक्ष्यमा राज लामा, उपाध्यक्षमा सुरज राउत र सचिवमा  ज्ञानेन्द्र तामाङ  वर्ष 24-25का लागि चयन हुनुभएको छ । उक्त क्लबको कोचको रुपमा भने नेपालका चर्चित राष्ट्रिय फुटबल खेलाडी जगजित श्रेष्ठ रहनुभएको छ। जगजित विगत ६ वर्षदेखि अस्ट्रेलियामा बस्दै आइराख्नु भएको छ ।

2018 मा स्थापना भएको क्लबमा हाल 100 बढी मेम्बरहरु रहेका छन् । नवनियुक्त अध्यक्षलामाले पूर्वअध्यक्षहरु माधव जीसी, विकास महर्जन र सन्तोष ढकाललाई क्लबलाई यहाँसम्म ल्याउन सफल हुनुभएकोमा धन्यवाद दिँदै आउदा दिनहरुमा खेलाडीहरूको स्तरउन्नती सहित क्लबलाई सबै नेपाली समुदायको सहयोगमा अगाडि बढाइने बताउनुभयो ।

...

All Comments.......


Please Login/Register To Comments