एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा विदाई
- Post Date 2024-08-10 15:57:17
मध्यपुर ठिमी ,भक्तपुर
गुणस्तरीय शिक्षाका माध्यमबाट अब्बल तथा सक्षम विद्यार्थी उत्पादनमा जोड दिँदै हरेक वर्षको एस इ इ परीक्षामा उत्कृष्ट नतिजाका साथ विद्यार्थी उत्तीर्ण गराउन सफल विनायक शिक्षा निकेतन इङ्लिस स्कुल, मध्यपुर ठिमी भक्तपुरले यही २०८१ साउन २६ गते शनिबार एस इ इ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई तथा विदाई कार्यक्रमको आयोजना गर्यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्व तथा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा मध्यपुर बैंङ्क्वेट ठिमीमा आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०८० मा विनायकबाट उत्तीर्ण ७० जना विद्यार्थी, हाल कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा अभिभावक एवं शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले शब्दका मालाले स्वागत गर्नुभएको उक्त कार्यक्रममा अतिथिहरू धनागिरी ,शान्ति धामी ,नवीन श्रेष्ठ, बाबुकाजी श्रेष्ठ तथा उषा प्रजापति लगायतले गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्ने क्रममा विनायक शिक्षा निकेतनले दिएको योगदानको चर्चा गर्दै कक्षा ११ र १२ मा समेत यस्तै नतिजा ल्याएर आफ्नो भविष्य उज्ज्वल बनाउन सम्पूर्ण एस इ इ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शैक्षिक गुणस्तरीयता कायम गर्नका लागि स्थापना कालदेखि नै विद्यालयले जोड दिँदै आएको र गुणस्तरीयताका लागि कुनै कसर बाँकी नराखेको तथा पटकपटक एसइइ को नतिजामा नयाँ इतिहास रच्न सफल भएको र यस्तै युग सुहाउँदो वैज्ञानिक सोचको प्रगतिशील मूल्य मान्यताको शिक्षा प्रदान गर्न विद्यालय अघि बढिसकेको कुरा बताउनुभयो । कक्षा १० का विद्यार्थीहरू सायाबुङ राई र सवीरा श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा कक्षा १०मा अध्ययनरत तथा एस इ इ पास आउट विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।
All Comments.......
Please Login/Register To Comments