खमे
  • Post Date 2024-08-11 06:15:35

अर्जुृन कोन्दा
(अंग्रेजी शिक्षक, ख्वप मा.वि.)
नजिकिदो दसैसँगै मनमा डर पालेर बसेको छु । श्रावण शुक्ल चर्तुदशी अर्थात गठामुग च¥हे नजिकिदै गर्दा मेरा
पुर्खाहरुले भक्तपुरको नवदुर्गा द्योछेँ या नि देवघरमा बसेर मद्यपान गर्दै बिताएका पलहरु सम्भmन्छु। मानौँ कुनै देवी देवता
झै पुजेर मेरा पूर्वजलाई गठामुग च¥हे देखि कथित विजया दसैको नवमीको दिनसम्म खम्बामा डोरीले बााँधेर राख्छ भन्ने
सुनेको छु । थाहा पाएर हो या अन्जानमा मेरा साथीहरु यो विशेष अवसर पाउने मेरा पुर्वजसँग डाहा गर्छन्। म भने
डरले कामिरहन्छु । कारण मेरो पनि पालो आउँदै छ ।
तपाई मानिसहरु जस्तो हामी विद्यालय त जाँदैनौ । हामीलाई अरुको जीवनमा खेलवाड गर्न आउँदेन ।हरियो
घाँसमा चर्न पाएपछि हामीलाई आनन्द लाग्छ । खोलामा डुबुल्की मारेर जलक्रिडा गर्दा जीउमा चरोले ठुँगेर जाँदा पनि
परवाह गर्दैनौँ । न त कसैलाई हानी नै गर्छौँ। बरु हामीलाई पाल्ने मान्छेहरुलाई जहानहरु दुध दिन्छन्तर दु्ः खका साथ
भन्नुपर्छ, मेरा लगभग साठी सतरी प्रतिशत आफन्तहरु भारतबाट तराइमा ट्रकमा कोचिएर काठमाडौँ छिर्छन्। हाम्रोत
जनगणना पनि हुदैन, लगत राख्नलाई । तैपनि बधशाला सञ्चालक र त्यहाँ काम गर्ने कर्मचारीहरुले तथ्याङ्क राखेको
हुनुपर्छ ।
विहान कति आफन्तहरु आउँछन्, अनि दिउँसो सम्ममा शहरबाट गायब हुन्छन्। तसर्थ, हरेक दिन हामीलाई
शोक पर्छ । तर अलंकापुरी नगरी काठमाडौमा तपाईहरुको भोज चल्छ, हाम्रो शोक चल्छ । कोहि साथीहरु मःम बन्छन्,
त कोही छोइला। मेरा साथीभाइको आन्द्रा भुँडी पनि तपाईको लागि भुटन बन्छ । कलेजाका टुक्राहरु भुटिन्छन्। फोक्सोहरु
अण्डा र मैदा भरिएर उसिन्छन्। कहिले काँही गिदी र रगत समेत तपाईको भान्सामा भुटिन्छन्। छाला र मासु डायकाला
भन्दै कुकरमा सिठी लगाइन्छन् । त कहिले काँचो मासुको कि.मा. फ्राइ, खागो भन्दै सिटनसँगै भट्टीमा सजाइन्छन्।
तपाईका जहान ऐला भन्दै सलिचामा रक्सी खन्याउँछन् । भट्टीमा हाकुचा ग्राहकलाई मद्यपान गराउँछन् । तपाईको
शहरमा चाडपर्व चल्दा मेरोजहान परिवार शोकमा रुन्छन्। त्रिशूलीमा बस खस्दा तिम्रो समाज रुने गर्छ । हामी सधै
भरि रुन्छौँ । तपाईको आँसु मात्र आँसु हुँदोरहेछ, । हाम्रो आँसु तपाईको हाँसो ।
तपाईलाई सिर्जना गर्ने एउटै भगवानले हामीलाई नि सिर्जेको हो । तर हामी तपाईका लागि महिषासुरको प्रतीक
बन्छौँ । हाम्रो मूत्यु तपाईको लागि संस्कार र संस्कृति बन्छ ।तपाईको शहरमा मङ्गल धून बज्दै गर्दा म बस्नेगोठमा
मलामीको धून चल्छ । बाँच्नु र मर्नू प्रकृतिको नियम हो । मलाई व्यस्त शहरमा मःमको परिकार बनाउँदा नि आपति
छैन । हामी प्राण बचाउन घाँसलाई खाना मान्छौँ ।तपाई हामीलाई खाना मान्नुहुन्छ । बाघलाई सिकार नगर्न त कहाँ
भन्न सकिन्छ र ? एउटै जङ्गलमा बस्ने मृग पनि बाघको सिकार बन्छ ।
तपाईहरुलाई मेरो एउटै अनुरोध छ। यदि हामीलाई मार्नु छ भने च्वाट्ट टाउको छिनाले भइहाल्छ नि । तपाईसँग
प्रविधि छ । हामीलाई तडप नहुने गरी सहज मृत्यस दिए त भइहाल्यो नि । अनि हाम्रो मासु जसरी खान्छौ, खाँदा हुन्छ
। कमसेकम हाम्रो मृत्युमा पिडा त हुँदैन । किन हामीलाई बलिको नाममा तड्पाएर मार्नुहुन्छ ?अझ खमेको दशा बेग्लै
छ ।
मैले सुनेको छु, नेपालमा मृत्यु दण्ड छैन । जुन् देशमा छ, मृत्यु दण्ड घोषणामा परेकाको मनोदशा हेर्नोस्।
आफ्नो मूत्यु बरु सजिलो हुन्छ, तर मृत्यु कुर्न धेरै पिडादायी हुन्छ । यसरी नै मेरा कयौ पुर्खाहरु खमेको नाममा सहादत
भएका छन्। गठामुग च¥हेमा पूजा सहित नवदुर्गाको द्योछेँमा दसैँ सम्म पालिन्छन्। यो अवधिमा मेरा पुर्खाहरु तपाईहरुको
नियत थाहा नपाएर खुशी हुन्छन्। तर दसैँको नवमीमा मद्यपानले लठ्ठ पारेर सिन्दूरको जात्रा गरी भक्तपुरको गछेँ,
दत्तात्रय, सुर्यमढी र देगइना हुँदै मान्छेहरुको हुलमा पेलेर हनुमन्ते खोलामा स्नान गरा्ई ब्रम्हायणी मन्दिरमा लगेर
मन्दिरको पुर्वमा रहेको ढुङगाको खम्बामा बाँधिन्छन्। सोही मध्य रात गर्धन राम्रो सँग पनि नछिनाली गर्धनको नसा
चुडालेर मेरो पुर्खा खमेको आलो रगत नवदुर्गा देवगणका ख्वपा अर्थात मुकुण्डोहरुमा चढाइन्छ । नवदुर्गा देवगण सन्तुष्ट
भएपछि केहि रगतलाई भैल क्वँचा भनिने माटोको भाँडामा जम्मा गरिन्छ । ऊक्त दिन भनिन्छ,, महादेवको सृष्टि हुन्छ
अरे । अनि यहीँबाट नवदुर्गा गणको सुरुवात भएको मानिन्छ ।जीवन र मृत्यको नियम देवतालाई पनि लागू हुने कथा
सुन्दैमा सबैलाई अचम्म लाग्न सक्छ । तर मलाई भने बलीको लागि मेरा पुर्खालाई नै चुनिएकोमा अचम्म लाग्छ । मेरो
पुर्खाले के गल्ती गरेको थियोर दुष्टको प्रतीक बन्नुपर्ने ?
मध्यरातमा हुने यो निर्मम बलीमा सायद
मान्छेहरु डराउने भएर हो वा खमे मारेको हेरे हेर्ने मान्छे
मर्ने भयले हो, सर्वसाधारण मान्छेहरु खमेको बलीमा
सरिक हुँर्दैनन्। भोलिपल्ट उही खमेको मासुको चोक्टो
कसैको लागि खमेको प्रसाद बन्छ। कोहि भने लक्ष्मी
पूजामा उक्त मासुको चोक्टा लक्ष्मी मातीलाई प्रसन्न
पार्न मकलमा राखी जलाउँछन्। तपाईहरुलाई लाग्छ,,
त्यो मासुको चोक्टाले घरमा दुष्ट शक्तिको प्रभाव हुँदैन
। खमे जात्रामा तमास गर्नेहरु सोच्छन्, कि उनीहरुले
पुण्य कमाएका छन्। यदि हामीजस्ता निर्दोष प्राणीको
बधबाट दुष्ट नहुने भए त दिनदिनै हामी विभिन्न नाममा
मारिएकै छौँ तर के देशमा छलछाम र जालझेल घटेको
छ त?
धन्य छ, तपाईहरुको सभ्य समाज । मलाई पाल्ने मेरा मालिक पनि मेरो शरीरको बनोट हेरेर खुशी छन्
,किनकी मेरो शरीरमा सात चक्र छन्, मेरो शीरमा केहि रौँहरु अगाडि फर्केका छन्त केहि पछाडि । ममा खमेको लागि
चाहिने गुणहरु छन्अरे । अब खमेको लागि चढाउने भन्दैछन्। कोहि भने भगवानलाई प्रसन्न पारे आर्शिवाद पाउने
अभिलाशा लिएर खमे चढाउने प्रतिस्पर्धामा छन्। यतिखेर भक्तपुरको नवदुर्गा द्योछेँमा मलाई भित्र्याउन देवगण बन्ने
वनमालाहरुको ठूलो तयारी हुँदैछ । किनकी खमेकै बलीले नेवा संस्कृति ढानिएको छ । पशु बनाउने देवी देवता र मान्छे
बनाउने देवी देवता एउटै हो जस्तो मलाई लाग्छ । त्यसोभए मेरो बलीले तपाईको देवता खुशी हुन्छन्भन्ने विश्वास
कसरी भयो ?म कसरी महिषासुरको प्रतीक हुन सक्छु ? महिषासुर महिष मात्र नभएर एक असुर थियो, त्यही असुरी
शक्तिको अन्त्यको लागि महिषासुरको बध भएको मानिन्छ । अन्त्य त असुरी शक्तिको हुनुपर्ने हो नि, होइन र ? लोभ,
लालच, रिस, द्धेष, डाहा, ईष्र्या, काम, वासना, छल,जालझेल लगायतका गुणहरु असुरी प्रवृत्ति हुन्। ती प्रवृत्ति त वर्तमान
मान्छेहरुमा बढी देखिन्छ । म लगायत अन्य निर्दोष राँगा भैसीहरु असुरक कसरी बने ? सधैँ हामी क्रूर यातनाको सिकार
बन्नुपर्ने हो? भक्तपुरको नवदुर्गा, अनि तलेजुमा दिइने बली त उदाहरण मात्र हो, गढिमाइ मेलाको कथा त अत्यास
लाग्दो छ। कि सभ्यताको परिचय नै विवेकबिनाको समाज हो, जहाँ बलियाको शासन चल्छ । यदि त्यसो हुँदो हो भने म
खुशी छु, मेरो समाजमा कमसेकम निर्बलको शोषण त हुँदैन ।

...

All Comments.......


Please Login/Register To Comments