नेपालमा इँटा कहिलेदेखि प्रयोगमा आउन थाल्यो ? कसले कसरी माटोको इँटा उत्पादन गर्न थाले ? त्यसको यकिन जानकारी कतै छैन । इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ करिब दस हजार वर्षअघि सभ्यताको युगसँगै इँटा उत्पादन भएको बताउँछन् । भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाइ हेम्बा पनि धेरै पहिलेदेखि इँटा प्रयोग भइरहेको बताउँछन् । ‘उपत्यकाकै प्राचीन सम्पदा चाँगुनारायण मन्दिरमा पाकेको इँटा प्रयोग भएको छ । यसबाट पनि धेरै अघिदेखि इँटा पोल्ने परम्परा रहेको बुझ्न सकिन्छ,’ उनले भने । 

ठाडो भट्टा हुँदै जिकज्याक प्रविधिसम्म आइपुग्दा धेरै गुणस्तरीय इँटा उत्पादन हुन थालेको छ यतिखेर । ठाडो भट्टा, केही होफ म्यान क्लिन, चिम्नी, फिक्स  जिकज्याक (फोर्सड्राफ्ट) हुँदै नगन्य मात्रामा टनेल क्लिन, सम्म आइपुगेको छ अहिले । ‘चिम्नी हुँदासम्म कालो धूवाँ फाल्थ्यो । हाल जिकज्याक प्रविधिमा आईपुग्दा इँटा उद्योग ९० प्रतिशत सुध्रिसकेको छ,’ व्यवसायीहरुको दावी छ । भक्तपुर नगरपालिका वडा नं १० महालक्ष्मीका इन्जिनियर कृष्णभक्त दुवालको पुख्र्याैली पेशा पहिला कृषि र व्यापार अनि पछि इटाभटा नै थियो ४० को दशकदेखि। ख्वप कलेज भक्तपुरमा वातावरण विज्ञानमा माष्टर्स तहमा वातावरण विज्ञान अध्ययापन गराउने उनलाई एकदिन लाग्यो, यसरी परम्परागत रुपमा कहिलेसम्म हाम्रो प्राकृतिक सम्पति माटोको प्रयोग गरी प्रकृतिलाई ध्वस्त गरिरहने ? त्यसपछि उनले थाले अनुसन्धान । यसका लागि उनले थाले देशविदेशको भ्रमण । बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडसँगको संयुक्त लगानीमा सन् २०१४ देखि उनले थाले इको प्यानलको उत्पादन । भूकम्पले भत्केको घर भूकम्पप्रतिरोधी रुपमा कसरी पुनर्निर्माण गर्ने भनेर सोच गरिरहनुभएको छ भने इको प्यानल नै हो, उनले इको प्यानल भूकम्पप्रतिरोधी भएको भन्दै भने, त्यसो हो भने तपाईंका लागि उचित उपाय हुनसक्छ, प्रिफ्याब अर्थात् इको प्यानलका निर्माण सामाग्रीको प्रयोगबाट बनेको घर । 
के हो नेपाल इको प्यानल ? 
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यो हलुका हुनाले भूकम्प प्रतिरोधी छ । यतिमात्रै होइन यो वातावरणमैत्री पनि छ । वातावरणको कुनै पनि हिसावले क्षति नपुर्याइ यसको निर्माण हुने भएकोले यो वातावरणमैत्री भएको हो । यति मात्रै होइन, यसको विशेषता केलाउँंदै जाने हो भने लामो लिष्ट नै बन्छ । यो अग्नीप्रतिरोधी छ अर्थात् यसमा हतपत आगलागी नै हुँदैन । हिमाल, तराई अनि सवैतिर उतिकै उपयोगी छ । यो चिसो ठाउँंमा पनि उतिकै उपयोगी छ, अनि गर्मी ठाउँंमा पनि । किनकि यसको प्रयोगबाट चिसोमा बाहिरको चिसो भित्र आउँंदैन । यसैगरी गर्मी ठाउँंमा बाहिरको गर्मी भित्र पस्दैन । यो साउण्ड इन्स्युलेशन पनि छ । अर्थात् यसको प्रयोगबाट भित्रको आवाज वा ध्वनी बाहिर नआउने र बाहिरको आवाज भित्र नआउने हुन्छ । हलुका भएकोले यो दुरदराज जहाँं यातायातको राम्रो सुविधा छैन, त्यहाँं पनि हलुका भएकै कारणले सजिलैसँंग पुर्याउन सकिन्छ । यी र ती भन्दा पनि यसको अर्काे विशेष विशेषता हो, तीव्र निर्माण सम्पन्न हुनु । कारखानामा पहिला नै बनिराखेर निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकाले यसको प्रयोगबाट तीव्र निर्माण सम्भब भएको हो । 
सवैका लागि दुर्भाग्य दुवालका लागि सौभाग्य 
२०७२ सालमा नेपालमा महाभूकम्प गयो । सम्पूर्ण नेपालीका लागि यो घटना दुर्भाग्यपूर्ण बन्यो तर इन्जिनियर कृष्णभक्त दुवाल र उनको टोलीलाई सौभाग्य बन्यो । किनकि महाभूकम्पपछि नेपालमा धेरै भौतिक संरचना नष्ट भए । तत्कालका लागि बस्नयोग्य निर्माणस्थल बनाउन अति आवश्यक भयो । त्यसका लागि इको प्यानल एउटै मात्रै विकल्प बन्यो । यसले उनको निर्माण सामाग्री देशभरि नै प्रचारप्रसारमा गयो । तीव्र निर्माण सम्पन्न हुनसक्ने कारणले नै धेरै भूकम्पबाट नष्ट भौतिक संरचना उनकै इको प्यानलको प्रयोगबाट चाँंडै ठडिन सफल भयो । उनको उत्पादन देशैभरि सवैतिर पुग्यो । 
 इटा भन्दा ६ गुणा हलुका 
 गाह्रो बनाउँंदा ईंटाको बिकल्पमा इको प्यानलको प्रयोगबाट घर थप भूकम्पप्रतिरोधी हुने सीईओ दुवालको भनाइ छ । उनका अनुसार ईंटा भन्दा इको प्यालनको वाल ६ गुणा हलुका हुने हुन्छ । यही कारण कम भार परेर थप मजबुत हुने भएको उनको भनाई हो । ‘भूकम्पले क्षति नपुगेको घरधनीले तल्ला थप गर्दा ईंटाको ठाउँंमा इको प्यानलको प्रयोग गरिरहेका छन्’ सीईओ दुवालले भने, ‘तल्ला थप गर्नेले मात्रै होइन, नयाँं निर्माण गर्ने अधिकांशले ईंटाको विकल्पमा इको प्यानलको माग गरिरहेका छन् ।’ स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वाल बनाउनका लागि इको प्यानल प्रयोग गर्न सकिन्छ । यसका उत्पादन अस्थायी निर्माणमा मात्रै नभई स्थायी आवासीय घर तथा मल्टिकम्प्लेक्समा पनि प्रयोग गर्न सकिन्छ । अस्थायीका साथसाथै ठूला–ठूला अपार्टमेन्ट हाउजिंगमा पनि इको प्यानलको प्रयोग हुँंदै आएका छन् । यसको जोडाइमा कुनै पनि च्यानलको प्रयोग हुँंदैन । इको प्यानलमा भएको टङ्ग एण्ड ग्रुभ ज्वाइन्ट र यसमा प्रयोग हुने विशेष प्रकारको एडिसिभ सिमेन्टले यसको जडान मजबुत हुन्छ । यसमा सजिलै विद्युतीय उपकरण जडान गर्न कन्सिल वायरिंग तथा बाथरुमको टायलहरु जडान गर्न सकिने छ । हालसम्म काठमाडौं, भक्तपुर, ललितपुरलगायत उपत्यका र उपत्यका बाहिरका झापा,धरान,उदयपुर, इटहरी, चितवन, पोखरा, नेपालगन्जमा यसका डिलर्सहरु रहेका छन् । डिलरहरु बढ्ने क्रम जारी रहेको कम्पनीले जनाएको छ । यही डिलरहरुबाट यसका उत्पादनहरु देशैभरि पुगिरहेका छन् । उनका अनुसार यो अरु परम्परागत गाह्रो भन्दा १५ देखि २० प्रतिशतसम्म सस्तो पनि छ । भारतलगायत अन्य मुलुकबाट आयातित प्रिफ्याबभन्दा नेपाल इको प्यानल गुणस्तरयुक्त र मजबुत रहेको कम्पनीको दावी छ । सुरुमा ५० प्रतिशत कच्चा पदार्थ बाहिरी मुलुकबाट  आयात गरी उत्पादन थालेको थियो । पछि कम्पनीले देशका विभिन्न इन्जिनियरिङ्ग क्याम्पसहरूसँंगको सह–रिसर्चमा क्यालसियम सिलिकेट बोर्डको प्रयोग बिनै १० प्रतिशतमात्रै आयातित कच्चा पदार्थ प्रयोग गरी   इको प्यानल बनाउन सफल भएको जनाइएको छ । प्रिफ्याब भन्नेवितिकै कमसल तथा अस्थायी संरचनामा मात्रै हो भन्ने आम मानिसको भ्रमलाई चिर्दै नेपाल इको प्यानलको प्रयोग देशको बिभिन्न भागमा आवासयी घर, व्यापारिक भबन, मल्टिकम्प्लेक्स, हस्पिटललगायतमा प्रयोग हुँंदै आएको कम्पनीको दावी छ । यसको स्याण्डर्ड साइज ८ लम्वाइ र २ फिट चौंडाइको हुन्छ । मोटाइको हकमा ५० मिलिमिटर,  ७५ मिलिमिटर, ९० मिलिमिटर, १२० मिलिमिटर, १५० मिलिमिटर र १८० मिलिमिटरसम्मको हुन्छ । लम्बाईको हकमा ग्राहकको आवश्यकताअनुसार लामो छोटो पनि बनाउन सकिन्छ । नेपाल इको प्यानल ४.५ मिलीमिटरको नन् एस्वेस्टस् क्याल्सियम सिल्केट बोर्ड दुई साइडमा र भित्र सिमेन्ट, बालुवा, इपीएस (चलनचल्तीको भाषामा थर्माेकोल) को मिश्रणबाट बनेको हुन्छ । यसको कर्पाेरेट अफिस भक्तपुरको सल्लाघारी स्थित च्वङा गणेशमा रहेको छ । यसको कारखाना पनि जिल्लाकै चाँगुनारायण नगरपालिका झौखेलमा रहेको छ । भक्तपुरबाट बाहिर जाने सामानमध्ये इको प्यानल रहेको छ । सन् २०१४ मा इन्जिनियर कृष्णभक्त दुवालले सुरु गरेको इको प्यानल आज देशैभरि पुगेको छ । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँ निर्माण सामाग्री नै इको प्यानल हलुका, भूकम्पप्रतिरोधीलगायतका कारण पछिल्ला वर्षमा यसको लोकप्रियता निरन्तर बढ्दो छ । इन्जिनियर कृष्णभक्त दुवाल वातावरणमैत्री अनि ऊर्जा किफायती भएको कारण पनि जनताले इको प्यानललाई मन पराएको सुनाउँछन् । नेपालमा मात्रै होइन, अहिले संसारभर नै वातावरण प्रदूषण ठूलो समस्यको रूपमा आइरहेको छ,’ उनले भने, ’त्यही कारण मानिसले वातावण विनाश नपु¥याउने निर्माण सामाग्री मन पराइरहेका छन् । इको प्यानल ऊर्जा किफायती पनि छ । यसको उत्पादनमा ऊर्जाको बचत हुन्छ । अन्य अनेक विशेषताका साथै वातावरणमैत्री र ऊर्जा किफायती भएकै कारण पनि धेरै जनताले यसलाई रुचाइएको उनको दाबी हो ।
...

All Comments.......


Please Login/Register To Comments