भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरका विद्यार्थीले मंगलबार भक्तपुरकै झौखेलस्थित नेपाल इको प्यानल उत्पादन कारखानाको अवालेकन भ्रमण गरेका छन् । क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित बीबीएम सातौ समेष्टर (२०२०) समूहमा क्रियटिभीटी एण्ड इनोभेसन विषय अध्ययनतर विद्यार्थीले कारखानाको अध्ययन भ्रमण गरेका हुन् ।
इन्टप्र्रेर्नसिप प्याक्टिस एण्ड पसिविलिटीज अफ न्यु स्मल विजनेश इन नेपाल (नेपालमा नयाँं सानो व्यापारमा स्वरोजगार अभ्यासको सम्भाबना) सँंग सम्वन्धित विद्यार्थीले कारखानाको अवलोकन भ्रमण गरेका हुन् । 
कलेजका उपप्राध्यापक डा किशोर हाकुदुवालले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले भ्रमण गराइएको जानकारी गराए । 
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले इको प्यानलको उत्पादनदेखि विक्रीवितरणसम्मको विवरणसम्मबारे विद्यार्थीलाई जानकारी गराएका थिए । त्यस अवसरमा सिइओ दुवालले नेपाल इको प्यानल स्वदेशमै बनेको नयाँं निर्माण सामाग्री रहेको जानकारी गराए । त्यस अवसरमा उनले इको प्यानलको प्रयोगबाट तीव्र नर्माण सम्भब हुने पनि जानकारी विद्यार्थीलाई गराए । भूकम्प प्रतिरोधी, अग्नी प्रतिरोधी, ध्वनि नियन्त्रक रहेका कारण नेपाल इको प्यानलले लोकप्रिय आधुनिक निर्माण सामाग्रीको रुपमा ख्याति कमाउँंदै आएको जानकारी उनले गराए । वातावणमैत्री भएकै कारणले पनि धेरै उपभोक्ताले यसलाई रुचाएको उनले जनाए । उपभोक्ताको लोकप्रियताकै कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न डिलरहरुमार्फत नेपाल इको प्यानलको विक्रीवितरण हुँंदै आएको जानकारी उनले गराए । 
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कर्पाेरेट कार्यालय भक्तपुरकै सल्लाघारीमा रहेको छ ।  

...

All Comments.......


Please Login/Register To Comments