News Image
भक्तपुर । भक्तपुरको देकोचास्थित ख्वप कलेजका पत्रकारिताका विद्यार्थीमाझ शुक्रबार एकैदिन दुईजना साहित्यकार÷पत्रकारहरुले आआफनो लेखन यात्राको अनुभब सुनाएका छन् । सूर्यप्रसाद लाकोजू र ईश्वर थोकरले आआफनो साहित्य अनि लेखन यात्राकाबारेमा अनुभब सुनाएका हुन् ।
वरिष्ठ लेखकसमेत रहेका लाकोजूले ख्वप कलेज स्नातक तह चौथौ वर्ष र थोकरले ख्वप माविका विद्यार्थीमाझ लेखन कलाबारे जानकारी गराएका हुन् । लाकोजूले विशेष गरेर लेखन, साहित्य लेखन वा पत्रकारिताताकोे लेखनमा भाषाको महत्व विषयमा चर्चा गरेका थिए । थोकरले भने साहित्य लेखन कलाबारे जानकारी गराएका थिए ।
कलेजमा पत्रकारिता अध्ययन गर्ने माविका विद्यार्थीलाई हप्तामा एकदिन प्राक्टिकल र चौथो वर्षका विद्यार्थीलाई दुई दिन प्राक्टिकल विषयमा कक्षा लिइने गरेको त्यहाका पत्रकारिताका शिक्षकशिक्षिकाहरुले बताए ।  

  • Shares

All Comments...


Please Login/Register to comment.