आज भक्तपुरमा हलिमुली ः के हो हलिमुली ?
- Post Date: 2024-11-15 10:41:06
भक्तपुर । पिडालुको पनि पर्व हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्ला तर शुक्रबार भक्तपुरका घरघरमा उसिनेको पिडालु खाएर पिडालुको पर्व मनाइएको छ । स्थानीय नेपाल भाषामा यसलाई सकी मानेगू पुन्ही (पिडालु उसिनेर खाने पर्व) भनिन्छ ।
नेपाल भाषामा सकीको अर्थ पिडालु र मानाको अर्थ उसिन्नु हो । यस अर्थमा सकी मना पुन्हीको अर्थ पिडालु उसिनेर खानु हो । प्रत्येक वर्ष कातिक शुक्ल पूर्णिमाका दिन यो पर्व घरघरमा पिडालु उसिनेर खाई मनाउने परम्परा छ ।
पर्वको विशेष आकर्षण पिडालु उसिनेर खानु नै हो । पर्वको क्रममा घरघरमा पिडालु उसिनेर खाने चलन यद्यपि छ । पर्वको क्रममा विशेष गरी नेवार समुदायका परिवार घरघरमा पिडालु उसिनेर खाने गर्दछन् । यो क्रममा उनीहरु मकै, भटमास, बदामलगायतका गेडागुडी पनि भुटेर खाने गर्छन् । साथै सखरखण्ड, तरुल पनि पकाएर खाने गर्दछन् ।
कुनै समय यहाँंका किसानका घरघरमा पिडालु पाइन्थ्यो । पर्व मनाउनकै लागि खेतमा कहीकतै अलिकति मात्रै भए पनि किसान परिवारले पिडालु रोप्ने गर्दथे तर अहिले पर्वका लागि धेरैले पिडालु खरिद गर्नुपरेको छ । पर्वका लागि पसलबाट पिडालु खरिद गर्नेको विशेष भीड यहाँंका बजारमा लागेको थियो । माग अत्याधिक रहेको भन्दै पसलमा पिडालको मूल्य अनियन्त्रित भए पनि खरिद गर्नेेको संख्या उतिकै देखिएको थियो ।
स्थानीय कृष्ण प्रजापतिका अनुसार बजारमा पिडालु, सखरखण्ड, तरुल खरिद गर्नेको विशेष भीड जताततै देखिएको थियो । एक पटक मात्रै खरिद गर्नुपर्ने भएकाले जति मूल्यमा पनि पिडालु खरिद गर्न खोजिरहेको उनले सुनाए । अरु सामान्य दिनमा खासै पिडालु खाने नगरिए पनि यो पर्वमा घरघरमा पिडाल खाने चलन छ ।
पर्वको क्रममा सोमबार विहानदेखि ठाउठाउका महादेव, नारायण मन्दिरहरुमा विशेष मेला पनि लागेको छ । यस क्रममा दिनभर जिल्लाको चागुनारायण मन्दिर, कमलविनायकस्थित यातु गणेश, काभ्रे र भक्तपुरको सिमानास्थित आशापुर महादेव, गुण्डुको अनन्तलिंगेश्वर, सिपाडोलको डोलेश्वरलगायतका मन्दिरमा विशेष मेला लागेको थियो ।
यस दिन भक्तपुर नगरका ठाउँंठाउँंमा भुटेको मकै, भटमास, बदामलगायतका खाद्यान्नबाट भुइमा विशेष प्रकारको पाचतल्ले मन्दिर आकारका चित्र बनाइने चलन छ । साथै यातु गणेशमा पनि यसैगरी भुटेको मकै, भटमासबाट भुइमा यातु महोदेव बनाइने चलन छ ।
पर्वको अर्काे विषेश आकर्षण भजन गाउनु हो । यस क्रममा ठाउठाउका पाटीमा समूह समुह मिलेर विभिन्न बाद्यबादनका साथ बाजागाजासहित भजन गाइएको छ । विशेष गरी बुढापाकाहरु ठाउठाउका पाटीमा बसेर भजनमा रमाएका थिए । पर्वका क्रममा महिलाहरु ब्रत पनि बस्ने चलन छ ।
संस्कृतिविद् जननीप्रसाद मुल यो पर्व मौसमसग सम्वन्धित रहेको बताउँंछन् । जाडो याम सुरु भएको संकेतको पर्वको रुपमा यो पर्व मनाउने उनी सुनाउछन् । जाडो याममा तातोतातो पिडालु उसिनेर खाने चलनको रुपमा यो परम्परा सुरु भएको उनी बताउछन् । उनका अनुसार भक्तपुरमा यो पर्व विशेष रुपमा घरघरमा मनाइन्छ ।
-
Shares
All Comments...
Please Login/Register to comment.