काठमाडौं । टोखा, काठमाण्डौस्थित सपंतीर्थ मन्दिर परिसर करिब २०० जना सदस्यहरुको उपस्थितिमा समदर्शी बचत तथा ऋण सहकारी संस्थाको बृहत् .सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न भयो । संस्थाका अध्यक्ष विश्वबहादुर दुवालको सभापतित्वमा भएको उक्त बृहत् सहकारी शिक्षा कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष हरिराम लवजूले संस्थाको सदस्य परिवारलाई आईपर्ने हरेक समस्यालाई संस्थाको आप्mनै समस्या ठानेर सहयोग गर्दै आइरहेको बताउनु भयो । संस्थालाई सदस्यहरुबाट प्राप्त माया र सहयोगबाट नै समदर्शीको हालसम्म प्रगति रहेको सुनाउनु हु“दै हालै नेपाल सरकारले जारी गरेको सहकारी ऐन २०७४ मा भएको संशोधन अध्यादेशले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन, निरिक्षण र सुपरिक्षणमा टेवा पुग्ने तथा सहकारी क्षेत्रमा देखिएको विकृति विसंगति हट्ने विचार व्यक्त गर्नुभयो । सो अध्यादेशमा भएका केही व्यवस्थाहरु संविधान विपरित हुनुका साथै सहकारीको मूल्यमान्यता विपरित समेत भएकोले बचतको सिमा, एउटै संस्थामामात्र सदस्य रहनुपर्ने व्यवस्था तथा दुई पटकसम्म मात्रै संञ्चालक समितिमा बस्न पाउने व्यवस्था जस्ता प्राव्धान खारेज हुनुपर्ने बताउनु भयो । यस्ता अव्यवहारिक र संविधान विपरितको व्यवस्था हताउन सहकारी अभियानमा लाग्नुपर्ने र सहकारी शिक्षा कार्यक्रम मार्फत दवाव दिनुपर्ने आवश्यकता औल्याउनु भयो । संस्थाको शिक्षा उपसमिति, युवा तथा खेलकुद उपसमिति, महिला तथा बालबालिका उपसमिति र अतिथि सत्कार उपसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष विश्वबहादुर दुवालले मेलमिलाप उपसमिति मार्फत बर्षेनी २÷३ सय सदस्यहरुलाई परेको समस्या समाधान गरी आएको बताउनु भयो । सञ्चालक सदस्य कृष्णगोपाल कुसीले सपंतीर्थको ऐतिहासिक पक्ष सुनाउदै पिकनिक र कार्यक्रमस्थल चयन गरेको बताउनु भयो । निवर्तमान अध्यक्ष रामकृष्ण मानन्धरले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य काशिराम प्रजापतिले गर्नु भएको हो । दिनभरि मनोरञ्जनका साथ सम्पन्न भएको उक्त कार्यक्रमका सहभागीहरुले टोखास्थित चण्डेश्वरी मन्दिर तथा झोरस्थित महादेव मन्दिर दर्शन समेत गरी फर्कनु भएको हो ।
  • Shares

All Comments...


Please Login/Register to comment.