भक्तपुरमा हेलिप्याडसहितको भव्य अस्पताल भबन बन्ने
- Post Date: 2025-01-06 12:36:42
भक्तपुर । ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरले हेलिकप्टर अवतरण (विसाउन मिल्ने) नौ तल्ले भव्य अस्पताल बनाउने भएको छ । सकेसम्म एकदुई वर्षभित्र भबन बनाइ सेवा शुभारम्भ गर्ने योजना राखेको जनाइएको छ ।
अस्पतालमा सञ्चालन गर्न लागिएको नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयूको सोमबार भक्तपुरमा भएको उदघाटन कार्यक्रममा ह्याम्स नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरका अध्यक्ष रामशरण भण्डारीले सकेसम्म यही सरकारको पालाभित्र भबन बनाइ सकेर सेवा शुभारम्भ गर्ने योजना रहेको बताए । वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै कार्यकालमा भबन निर्माण सम्पन्न गर्ने योजना रहेको उनको भनाई हो ।
स्वास्थ्यमन्त्री पौडेल केपी शर्मा ओली प्रधानमन्त्रीका स्वास्थ्यमन्त्री हुन् । ठूला दुई दल नेपाली कांग्रेस र एमालेवीचको सहमति अनुसार पाँंचवर्षे कार्यकालमा आधाआधा सरकार चलाउने सहमति थियो । त्यस अनुसार सहमति कार्यान्वयन भए केपी ओलीपछि नेपाली काग्रेसले सरकार चलाउनेछ । कांग्रेसले सरकार चलाएर प्रधानमन्त्री परिवर्तन भएपछि मन्त्रीहरु पनि स्वतः परिवर्तन हुनेछन् । यस अनुसार वर्तमान दुईदलीय सरकारको पूर्ण आयु २०८४ हो । २०८४ सालमा पुनः देशभर आम निर्वाचन २०८४ सम्पन्न भइ जनमत प्राप्त राजनीतिक दलले नयाँं सरकार सञ्चालन गर्नेछन् ।
आइसीयूको उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका थिए । त्यस अवसरमा उनले अति विपन्नको नाममा व्यवस्था रहेको १० प्रतिशत निःशुल्क वेडको व्यवस्थालाई कार्यान्वयन गर्न देशभरका सवै अस्पतालहरुलाई निर्देशन दिए । कुल बेड संख्याको १० प्रतिशत वेड संख्या उपचार गर्न नसक्ने विरामीका लागि व्यवस्था रहेको जानकारी दिंदै उनले त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन जारी गरेका हुन् ।
मन्त्री पौडेलले सकेसम्म त्यसलाई सार्वजनिक गर्नसमेत आह्वान गरे । सक्नुहुन्छ भने एक दिनमा वा एक हप्तामा वा एक महिनामा ककसले निःशुल्क वेडको सेवा लिए नाम र फोटै अस्पतालमा टास्नुहोला, उनले भने, यसले पैसा भएर पनि निःशुल्क वेड सेवा लिने सोच भएकाहरु ह्तोत्साहित पनि हुनेछन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर दस हजार वढी अस्पतालहरु सञ्चालनमा छन् । तर तिनीहरुले निःशुल्क वेडको यो व्यवस्थालाई कडाइका साथ पालना गरेका छैनन् ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर नगरपालिका क्षेत्रभित्रै सुविधासम्पन्न अस्पतालहरु रहेको र काठमाडौसम्म जानुपर्ने अवस्था नरहेको जनाए ।
-
Shares
All Comments...
Please Login/Register to comment.