ब्रह्मायणी सेवा क्याम्पमा सहभागीलाई प्रमाणपत्र वितरण
- Post Date: 2025-01-09 15:05:16
भक्तपुर । विजया दशमीका दिन ब्रम्हायणी मन्दिरमा सेवा गर्ने स्काउटहरुलाई विहिवार प्रमाणपत्र वितरण गरिएको छ ।
स्थानीय स्काउट प्रमुख तथा भक्तपुर नगर पालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सो प्रमाणपत्र वितरण गरिएको हो ।
स्थानीय स्काउट कार्यालय, भक्तपुर नगरपालिकाका अनुसार ब्रह्मायणी सेवा क्याम्पमा १ सय ७२ जनाले स्वयंसेवा गरेका थिए ।
प्रमाणपत्र वितरण गर्दै स्थानीय स्काउट प्रमुख रजनी जोशीले स्काउटहरुले बहादुरीतापूर्वक वर्षाको मतलव नगरिकन घटस्थापनामा माटो वितरण गरेको र विजयादशमीका दिन सुरक्षा प्रदान गर्दै मेला व्यवस्थापन गरेकोमा सह्रहाना व्यक्त गरिन् ।
उनले बदलिंदो जलवायुले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले स्काउटले आफूलाई सुरक्षित पार्दै स्वास्थ्यको ख्याल गरी सेवा गर्ने पद्धति अपनाएकोमा खुशी व्यक्त गरिन् ।
नेपालका स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले स्काउटले हरदम जनताको सेवा गरेको र यसपालिको भक्तपुर महोत्सवमा ७ वर्षदेखि ७० वर्षका स्काउटहरुले स्वयंसेवकको भूमिका खेल्दा देश विदेशमा सकारात्मक सन्देश गएको खबर आफूले प्राप्त गरेको बताए ।
स्थानीय स्काउट आयुक्त बालकृष्ण बनमालाले विगतमा ब्रम्हायणी सेवा क्याम्प गर्दा गाह्रो हुने गरेको र अहिले आएर सहजता उत्पन्न हुँदै गएको जानकारी दिंदै जनताको सहयोग र साथ पाएका कारण यसपालि कुनै पनि प्रकारको अप्रिय घटना नभएको बताए ।
स्थानीय सामुदायिक विकास आयुक्त पुष्पा प्रजापतिले विजया दशमीका दिन विहान ४ बजेदेखि दिउँसो २ बजेसम्म सेवा गरेको र स्काउटहरुले घरको पर्वलाई भन्दा सेवालाई प्राथमिकता दिएकोमा धन्यवाद ज्ञापन गरिन् ।
-
Shares
All Comments...
Please Login/Register to comment.