भक्तपुर, २० पुस । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि।को २० औं स्थापना दिवसको अवसरमा स्वास्थ्य उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम भनपा–२ स्थित इताछें गणेश मन्दिर परिसरमा सम्पन्न भयो । उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले संस्थाले स्थापनाकाल देखि नै बचत र ऋण कारोबारका साथ साथै समुदायमा आधारित रहि विभिन्न गतिविधि गर्दै आएको बताउनु भयो । संस्थाको स्थापना दिवसको अवसर पारेर विगतका बर्षहरुदेखि निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा तालिमहरु संचालन गर्दै आएको बताउनु भयो । गैह्र समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको सहकारी चिनेर मात्र आफ्नो बचत जम्मा गर्न सम्पूर्ण जनसमुदायमा अनुरोध गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रक्तदान गरेको जानकारी आयोजक स्वास्थ्य उपसमितिका संयोजक प्रज्वल खत्रीले बताउनु भयो । संस्थाको २०औं बार्षिक उत्सव कार्यक्रमकै अवसरमा यहि पुस २६ र २७ गते भक्तपुर नगरस्तरीय “अन्तर सहकारी÷विद्यालय÷कलेज÷टिम÷क्लब टेबल टेनिस प्रतियोगिता हुने जानकारी संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले दिनुभयो
  • Shares

All Comments...


Please Login/Register to comment.