उपस्थित सभासदहरु, भक्तपुरका जनताबाट दोश्रो कार्यकालका लागि हामी निर्वाचित भएको अढाइ वर्ष बितिसकेको छ । यस अवधिमा निर्वाचनको बेला जारी गरेको घोषणापत्रको आधारमा हामीले काम गर्दैछौं । जनतालाई दिएको वचन एक एक गर्दै पूरा गर्ने क्रममा छौं । ‘नाचगानको राजधानी’ र ‘सांस्कृतिक नगर’को उपमा पाएको भक्तपुर नगरलाई पछिल्लो चरणमा जर्मनीका वास्तुकलाविद् निल गोत्सोले ‘संसारकै ठूलो जीवित संग्रहालय’ को नाम दिनुभएको छ । यस्तो महŒवपूर्ण नगरको नेतृत्व गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । भक्तपुर आकारको हिसाबले देशकै सानो नगरमध्ये एक भए पनि जनघनत्व धेरै भएको नगर हो । विश्वविख्यात सम्पदाहरु भएको दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र यही नगरमा अवस्थित छन् । यहाँका उत्कृष्ट वास्तुकलाको आधारमा भक्तपुरका दरबार क्षेत्रलाई सन् १९७९ मा युनेस्कोले विश्व सम्पदामा सूचिकृत गरेको थियो भने भक्तपुरको पुरानो नगर क्षेत्रका मुल सडकको दायाँबायाँका घरहरुलाई पनि सम्पदा क्षेत्र घोषणा गरेको थियो । हामी त्यसको संरक्षणको साथै पुरानो नगरका सम्पूर्ण क्षेत्रलाई नै सम्पदा बस्तीको रुपमा विकास गर्ने कोसिस गर्दैछौं । यहाँ मौलिक शैलीमा घर बनाउनेहरुका लागि अनुदानको व्यवस्था गरिरहेका छौं । हाम्रा अग्रजहरुले भक्तपुरलाई संसारकै हेर्नलायक आकर्षक नगरको रुपमा विकास गर्ने सपना देख्नुभएको थियो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ(रोहित) ले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक लेखेर यस्तै सुन्दर नगरको परिकल्पना गर्नुभएको हो । हामी त्यही पुस्तकलाई मार्गदर्शकको रुपमा लिएर सफा र सुन्दर भक्तपुरको सुदूर भविष्यको मार्गमा अघि बढिरहेका छौं । शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण र युवाहरुलाई रोजगारलक्षित कार्यक्रमहरु गरेर त्यही लक्ष्य प्राप्तिका आधारहरु निर्माण गर्दैछौं । २०७२ सालको भूकम्पबाट पूर्ण र आंशिक क्षति भएका अधिकांश सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको छ भने केही महŒवपूर्ण सम्पदाहरु निर्माणाधीन छन् । स्थानीय स्रोत, साधनहरुको अधिकत्तम प्रयोग गरी लिच्छविकालीन र मल्लकालीन सम्पदाहरुको संरक्षण कार्य जारी छ । अहिले भक्तपुर नेपालका बढी पर्यटकहरु भ्रमण गर्ने क्षेत्रहरुमध्ये एक भएको छ । नेपाल आउने विदेशी पर्यटकहरुमध्ये करिब २५ प्रतिशत पर्यटकहरुले भक्तपुर भ्रमण गरेको तथ्यांक छ । त्यसमा थप वृद्धि गरी भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्यअनुसार हामी काम गर्दैछौं । समय समयमा आउने भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति, महामारीका रुपमा फैलिने कोरोनाजस्ता रोगहरु र नाकाबन्दी तथा क्षेत्रीय युद्धहरु जस्ता घटनाहरुले विदेशी पर्यटक भरपर्दो र स्थायी स्रोत नहुने शिक्षा हामीले प्राप्त ग¥र्यौं । हाम्रो ध्यान अब आन्तरिक पर्यटनतर्फ केन्द्रित गर्दैछौं । भक्तपुर महोत्सव आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने एक सिलसिला हो । २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सव सम्पन्न ग¥यौं । त्यतिबेला भक्तपुरका मूर्त र अमूर्त सम्पदादेखि भक्तपुरका जीवनशैली, संस्कारहरु सबैले देख्ने अवसर पाए । ५ दिनमा महोत्सवको लाखौंले अवलोकन गरेका थिए । भक्तपुर महोत्सव पनि हाम्रो यस कार्यकालको महŒवपूर्ण कार्यको रुपमा इतिहासमा दर्ज हुने नै छ । भक्तपुर नगरपालिकाको आह्वानमा नगरबासीहरुले जसरी आ–आफ्ना सीप, कलाकौशलहरु टोल टोलमा प्रदर्शन गर्नुभयो, त्यो आफैमा एउटा उदाहरणीय थियो । इमानदारीपूर्वक, निःस्वार्थ भावनाले त्यसरी भक्तपुरको उचाइ बढाउने कार्यमा सहयोग गर्नुभएका तमाम भक्तपुरबासीहरुलाई आजको यस अवसरमा धन्यवाद ज्ञापन गर्दछौं । नेपाल मजदुर किसान पार्टीको सिद्धान्त, नीति र निर्देशनअनुसार देश र जनताको सेवा गर्नुलाई नै हामीले आफ्नो कर्तव्य ठानेका छौं । पारदर्शिता, इमानदारिता र आर्थिक अनुशासनलाई ध्यानमा राखेर हामीले काम गरिरहेका छौं । ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरबासी जनताको चाहना हो । विश्वविद्यालय विधेयक पारित भएमा जसरी भक्तपुर नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरेर देशभरका जनताका छोराछोरीहरुलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ, त्यसरी नै चिकित्सालगायत अन्य क्षेत्रमा पनि सेवा गर्ने अवसर पाउनेछौं । देश र जनताको सेवा गर्नेबाहेक हामी जनप्रतिनिधिहरुको अर्को कुनै स्वार्थ छैन । ख्वप विश्वविद्यालयको लागि भनपा वडा नं. १ स्थित सल्लाघारीको १०८ रोपनी जग्गा माग गरेको लामो समय भयो । अहिले नेपाल ट्रष्टको नाममा रहेको त्यो जग्गाबारे हामीले निरन्तर सम्बन्धित पदाधिकारीहरुको ध्यानाकर्षण गरिरहेका छौं । अब म १६ औं नगरसभापछि हालसम्म भक्तपुर नगरपालिकाको आयव्यय र नगरपालिकाले गरेका कार्यहरुबारे संक्षिप्त विवरण प्रस्तुत गर्दछु ः आयतर्फः यस नगरपालिकाले चालु आ.व. २०८१।८२ को लागि अनुमानित रु. ६५ करोड ८३ लाख आन्तरिक श्रोतबाट आम्दानी हुने लक्ष्य राखेकोमा २०८१ पुस २४ गतेसम्ममा २५ करोड ४० लाख आम्दानी भई अनुमानको ३८.६० प्रतिशत प्रगति भएको छ भने बाह्य श्रोतबाट १ अर्ब ८० करोड २२ लाख आम्दानी हुने लक्ष्य राखेकोमा पुस २४ गतेसम्ममा ६२ करोड ७१ लाख प्राप्त भई ३४.८० प्रतिशत प्रगति भएको छ । आन्तरिक आम्दानी गत वर्षको सोही अवधि भन्दा ८ प्रतिशतले बृद्धि भएको छ भने बाह्य श्रोततर्फ ५ प्रतिशतले वृद्धि भएको छ । व्ययतर्फ ः यस नगरपालिकाको आ.व. २०८१।८२ मा चालु खर्च शीर्षकमा रु. १ अर्ब ५७ करोड ३ लाख रुपैया विनियोजन गरिएकोमा २०८१ पुस २४ गतेसम्म ५५ करोड २५ लाख खर्च भई विनियोजित बजेटको ३५.१८ प्रतिशत खर्च भएको छ भने पु“जिगत खर्चतर्फ ९९ करोड ४० लाख रुपैया विनियोजन भएकोमा सोही अवधिमा रु. २० करोड ३७ लाख खर्च भएको छ । जुन विनियोजित बजेटको २०.४९ प्रतिशत हो । बित्तीयतर्फ ः चालु आ.व. २०८१।८२ को लागि १० करोड विनियोजन गरिएकोमा आ.व. २०८१।८२ को पुस २४ गतेसम्ममा रु. २ करोड ३७ लाख खर्च भई विनियोजित बजेटको २४.३५ प्रतिशत प्रगति भएको देखिन्छ । चालु पू“जी र वित्तीय समेत गरी कुल विनियोजित बजेट २ अर्ब ६६ करोड ४३ लाख १० हजार रुपैयामध्ये चालु आ.व.को पुस २४ गतेसम्ममा जम्मा खर्च ७८ करोड ६ लाख भएको छ, जुन विनियोजित रकमको २९.२९ प्रतिशत प्रगति भएको छ । क) शिक्षा ड्ड भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्थाहरु संचालन गरी देशभरीकै विद्यार्थीहरुलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ । अहिले ख्वप विश्व विद्यालय स्थापनाको लागि हामीले प्रयास गरिरहेका छौं । यस वर्ष संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय अम्मर बहादुर थापाको नेतृत्वमा सदस्य र पदाधिकारीहरु, भुमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईले पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विभिन्न कलेजहरुको स्थलगत भ्रमण गरी शैक्षिक संस्थाहरुको भौतिक अवस्था र जनशक्तिको अवस्थाबारे जानकारी लिनु भयो । साथै भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापना गर्न जग्गा प्राप्तिको लागि नेपाल ट्रष्टको कार्यालय र नेपाल ट्रष्टका संरक्षक माननीय भूमिसुधार मन्त्रीलाई अनुरोध पत्र बुझायौं । ड्ड भक्तपुर नगरपालिकाद्वारा संचालित शैक्षिक संस्थाहरुबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक करिब रु. ४ करोडको छात्रबृत्ति वितरण गरिरहेका छौं । ड्ड उच्च शिक्षा हासिल गर्न चाहने गरिब तथा विपन्न विद्यार्थीहरुको लागि चालु आ.व. २०८१।८२ मा १५१ जना विद्यार्थीहरुलाई रु. ५ लाखका दरले शैक्षिक ऋण स्वीकृत गरी ऋण प्रवाह गरेका छौं । हालसम्म उच्च शिक्षा अध्ययनका लागि ऋण लिनेहरुको संख्या ७५१ जना पुगेको छ । ड्ड ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरस्तरीय अन्तरविद्यालय चित्रकला प्रतियोगिता, राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता र १६ औं पुस्तकालय दिवसको अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयस्तरीय (कक्षा ९ देखि १२ सम्म) निबन्ध प्रतियोगिता सम्पन्न ग¥र्यौ । ड्ड नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि नगर शिक्षा शाखामार्फत हाल कक्षा १० को एसइइ तयारी परीक्षा संचालन भइरहेको छ । त्यस्तै कक्षा ८ र ५ का विद्यार्थीहरुको नगरस्तरीय परीक्षाको तयारी पनि भइरहेको छ । ख) स्वास्थ्य ड्ड भक्तपुर नगरपालिकाद्वारा १०० शैयाको ख्वप अस्पताल सञ्चालन गरिरहेकोमा त्यहाँबाट दिइने स्वास्थ्य सेवा र सुविधाको गुणस्तर वृद्धिको लागि आधुनिक स्वास्थ्य उपकरणहरु थप गर्ने कार्य जारी छ । आवश्यकताअनुसार चिकित्सक र नर्सहरुलगायतका जनशक्ति थप व्यवस्था गरी नगरवासीहरुलाई सरल र सहज स्वास्थ्य उपचारमा पहुँच पु¥याउन हामीले निरन्तर प्रयास गरिरहेका छौं । ड्ड नगरवासीहरुलाई निःशुल्क रगत र निःशुल्क अक्सिजन वितरणको व्यवस्थालाई निरन्तरता दिइरहेका छौं । चालु आ.व. २०८१।८२ को मंसिर मसान्तसम्ममा ४५० जनालाई निःशुल्क रगत र ५४२६ जना नगरवासीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइसकेका छौं । यस अवधिमा ख्वप अस्पतालले १ लाख १५ हजारभन्दा बढी बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ । ड्ड चालु आ.व.को पौष २४ गतेसम्ममा यस नगरपालिका क्षेत्रका क्यान्सर, मुटुरोगी, मृगौला र मेरुदण्ड पक्षघाट भएका १०५ जना बिरामीहरुलाई रु. १५,७५,०००।— आर्थिक सहयोग प्रदान गरेका छौं । ड्ड चालु आ.व.को पुस २४ गतेसम्ममा नगरपालिकाको व्यवस्थापनमा संचालित आर्युवेद सेवा १७ सय ९ जनालाई, घरदैलो नर्सिड्ड सेवा २० हजार १० जनालाई, आँखाको उपचार १४ हजार ९८३ जना र श्वासप्रश्वास केन्द्रबाट ९०१ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरियो । ग) संस्कृति तथा सम्पदा संरक्षण ड्ड चालु आ.व. २०८१।८२ को श्रावण महिनादेखि मंसिर मसान्तसम्ममा भ.न.पा ४ गहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर, भ.न.पा ६ चोछेंस्थित छुमा गणेश द्योछें, भ.न.पा ७ गोल्मढीस्थित क्वाकचा गणेश मन्दिर र भ.न.पा २ स्थित तापालाछी पाटी पुनःनिर्माण कार्य सम्पन्न भएका छन् भने २५ वटा सम्पदाहरु निर्माणाधीन अवस्थामा छन् । ड्ड सांस्कृतिक सम्पदा संरक्षण कार्यमा अमूल्य योगदान गर्ने २० जना सांस्कृतिक गुरुहरुलाई ४५ औं विश्व पर्यटन दिवस २०८१ को अवसरमा सम्मान गरियो । सोही अवसरमा गुन्हीपुन्ही र सापारु पर्वमा प्रदर्शन गरिएका उत्कृष्ट सा“स्कृतिक विधाहरु र सा“स्कृतिककर्मीहरुलाई पनि पुरस्कृत गरियो । ड्ड भक्तपुरको कला संस्कृति, सम्पदा, मौलिक सीप र उत्पादनको माध्यमबाट आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गरी नगर र नगरवासीको आर्थिक विकास गर्ने उद्देश्यका साथ मिति २०८१ मंसिर २८ देखि पुस २ गतेसम्म आयोजना गरिएको भक्तपुर महोत्सव—२०८१ भव्यताका साथ सम्पन्न भयो । महोत्सवमा सा“स्कृतिक कार्यक्रम, पौवा, तस्बिर, छ्वाली कला, चित्रकला, पोशाक, हलिमलि, वाद्यवादनका सामग्री, जीवन शैली, परम्पपरागत र आधुनिक खेलकुद, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधिलगायत प्रदर्शन गरिएका थिए । त्यसैगरी ठाउँ–ठाउँमा कृषि उत्पादन, घरेलु तथा हस्तकलाका उत्पादनलगायतका प्रदर्शनी, खाना तथा दही महोत्सव, नवदुर्गा, कुमारी, दिपंकर बुद्ध र बुद्ध अस्तिधातु प्रदर्शन, व्यापार मेला, पुस्तक प्रदर्शनी र शैक्षिक प्रदर्शनी, शैक्षिक तथा साहित्यिक गतिविधि, नौका विहार र बालमैत्री गतिविधि तथा दिपावलीलगायतका ३२ वटा विधामा १८० भन्दा बढी स्थानमा विभिन्न प्रदर्शनीहरु भए । पूर्वमा बाहारे पुखु (कमलविनायक पोखरी) परिसरदेखि पश्चिममा न्हुपुखु (रानीपोखरी) परिसरसम्म, उत्तरमा ख्वप कलेज देकोचादेखि दक्षिणमा देगमना र महेश्वरी खेल मैदानसम्म भक्तपुरको पुरानो नगर पुरै क्षेत्रमा दैनिक १० हजारभन्दा बढीको सहभागितामा महोत्सवका विभिन्न विधाहरुको प्रदर्शनी गरिएको थियो । महोत्सवको अवधिमा आन्तरिक र बाह्य गरी ८ लाखभन्दा बढीले महोत्सवको अवलोकन गरेको अनुमान छ । महोत्सवकै अवसरमा मंसिर २९ र ३० गते दुई दिनसम्म खुला बा“सुरी बाजा प्रतियोगिताको आयोजना गरिएकोमा ४६ वटा समूहले भाग लिएका थिए । त्यस अवसरमा भक्तपुर महोत्सवसम्बन्धी ‘स्मारिका’, ‘तस्बिर पुस्तक’ र ‘सहकारी आवाज’ बुलेटिन सार्वजनिकीकरण गरियो । ड्ड २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको थंथु दरवार पुनःनिर्माण कार्यलाई अगाडि बढाइएको छ । थंथु दरवार मल्लकालीन शैलीमा पुनःनिर्माण भइरहेको छ । ड्ड हनुमन्ते खोलाको माटो झिकी नदी सुधार कार्य भइरहेको छ । घ) कृषि ड्ड भक्तपुर नगरपालिकाद्वारा उत्पादित प्राड्डारिक मल ५० प्रतिशत छुट अर्थात प्रति किलो रु. १० मा विक्री वितरण भइरहेको छ । ड्ड यस अवधिमा भक्तपुर नगर क्षेत्रका ५१३ वटा सामुदायिक कुकुरहरुको वन्ध्याकरण र ७७६ वटा सामुदायिक कुकुरलाई रेविज खोप लागाइएको छ । ङ) पर्यटन ड्ड आ.व २०८१।८२ पौष २३ गतेसम्ममा गैर सार्क पर्यटकहरु ६७ हजार ९६९ जना र सार्क र चिनिया“ पर्यटकहरु ५१ हजार ४२४ जना गरी जम्मा १ लाख १९ हजार ३९३ जना पर्यटकहरु आगमन भएका छन् । गत वर्षको सोही अवधिमा जम्मा १ लाख १४ हजार ७९२ जनाले भ्रमण गरेका थिए । गत वर्षको तुलनामा उल्लेखित अवधिमा ४ हजार ६०१ जनाले पर्यटकहरु बृद्धि भएको छ । यो गत वर्षको तुलनामा ४.०१ प्रतिशतले वृद्धि हो । ड्ड २०८१ पौष २३ गतेसम्ममा गैर सार्क पर्यटकबाट रु. १२ करोड २३ लाख र सार्क र चिनिया“ पर्यटकबाट रु. २ करोड ५७ लाख जम्मा रु. १४ करोड ८० लाख आम्दानी भएको छ । आ.व. २०८०।८१ को सोही अवधिमा गैर सार्क पर्यटकबाट रु. १० करोड ७५ लाख र सार्क र चिनियाँ पर्यटकहरुबाट रु. २ करोड ७५ लाख गरी जम्मा रु. १३ करोड ५० लाख आम्दानी भएको थियो । यस अवधिमा रु. १ करोड २९ लाख बृद्धि भएको छ । ड्ड विश्व पर्यटन दिवसको अवसरमा २७ सेप्टेम्बर २०२४ का दिन पहिलो समूहमा आएका पर्यटकहरुलाई स्वागत गर्नुको साथै भक्तपुर पर्यटन विकास समितिस“गको सहकार्यमा ‘भक्तपुरको पर्यटनः विगत, वर्तमान र भविष्य’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यौं । च) वातावरण तथा सरसफाई ड्ड भक्तपुर नगरक्षेत्रभित्र उत्पादन हुने फोहोरलाई घरघरबाटै कुहिने वा नकुहिने छुट्याई नियमित संकलन गर्दै आएका छौं । कुहिने फोहोरबाट प्राड्डारिक मल उत्पादन गर्ने र नकुहिने फोहोर पुनः प्रयोगको लागि पठाई बा“की फोहोरलाई अन्तिम बिसर्जनको व्यवस्था मिलाउ“दै आएका छौं । ड्ड नगरपालिकाका जनप्रतिनिधिहरुको नेतृत्वमा कर्मचारीहरु र स्थानीय विद्यालय, कलेज, टिम, क्लव र स्थानीय जनताको सहभागितामा नगरका ऐतिहासिक पोखरी, मन्दिर परिसर, खोला तथा सार्वजनिक स्थलहरुमा हरेक महिनाको १ गते र १५ गते नियमित रुपमा पाक्षिक सरसफाइ अभियान संचालन गरिरहेका छौं । ड्ड हनुमन्ते खोला र खासाड्डखुसुड्ड खोला सुधारको लागि सल्लाघारी र हनुमानघाटको उपचार पोखरीहरु निर्माणाधीन छन् । ड्ड भक्तपुर सा“स्कृतिक नगरक्षेत्र भित्र अव्यवस्थित ढंगले छरपस्त रुपमा रहेका तार र केबुलहरुलाई व्यवस्थित गर्न विद्युतको तार भूमिगत गर्ने कार्य भइरहेको छ । छ) खानेपानी ड्ड भक्तपुर नगरक्षेत्रमा मेलम्चीको खानेपानी नियमित वितरण भइरहेको छ । नगरक्षेत्रका परम्परागत पानीका श्रोतहरु पोखरी, ईनार, ढुंगेधारा लगायतका उचित मर्मत सम्भार र सम्बद्र्धन गर्ने कार्यहरु पनि भइरहेका छन् । त्यसैगरी नगरका विभिन्न ठाउँहरुमा डिप बोरिड्डबाट उत्पादित पानी वितरण गरिरहेका छौं । ज) खेलकुद ड्ड भक्तपुर नगरपालिकाबाट दिंदै आएका विभिन्न खेलहरुको नियमित प्रशिक्षणलाई निरन्तरता दिनुका साथै भनपा वडा नं. १० महालक्ष्मीस्थानस्थित बेखाल टेबलटेनिस प्रशिक्षण कभर्ड हल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । ड्ड नगरका विभिन्न वडाहरुमा छिकोड्ड व्यायाम सञ्चालन भइरहेको छ । हाल नगरका प्रत्येक वडामा ५०÷५० जनाले दैनिक छिकोड्ड व्यायाममा सरिक भइरहेका छन् । यसलाई थप व्यापक बनाउने प्रयास भइरहेको छ । ड्ड मिति २०८१ असोज १० देखि १५ गतेसम्म यस नगरपालिका क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयका खेलकुद शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरियो । ड्ड यस नगरपालिकाको आयोजना २०८१ कार्तिक ९ देखि १४ गतेसम्म नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता (भलिबल, फुटबल, कबड्डी, कराते, एथ्लेटिक्स, उसु, टेबलटेनिस, खोखो, पोर्टबल, ब्याडमिन्टन, तेक्वाण्डो, बुद्धिचाल, जिम्नाष्टिक, कसिमला पांय र बाघचाल) सम्पन्न भयो । उक्त प्रतियोगितामा ८१ वटा विद्यालयका २ हजार ५ सयभन्दा बढी खेलाडीहरुले भाग लिएका थिए । ड्ड मिति २०८१ मंसिर २४ गते भक्तपुर दरवार क्षेत्रमा छिकोङ्ग प्रदर्शनी गरियो । उक्त प्रदर्शनीमा ५०० जनाभन्दा बढी छिकोड्ड प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । झ) युवा तथा रोजगार ड्ड अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नगरका सबै वडाहरुमा ‘लागुपदार्थ दुव्र्यसनीबाट टाढा राख्न युवा–विद्यार्थीको भूमिका’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम संचालन गरियो । ड्ड नगरक्षेत्रभित्र लघु उद्यम विकास अन्तर्गत ३३ जना लघु उद्यमीहरुमध्ये २० जना उद्यमीहरुको स्तरोन्नतीको लागि पुनर्ताजगी तालिम प्रदान गर्न सहजीकरण गरियो । ड्ड यस आ.व. मा लघु उद्यम विकासको लागि ब्यागझोला बनाउने तालिम, छालाजुत्ता बनाउने तालिम, मोबाइल मर्मत तालिम र मोटरसाइकल मर्मत तालिम गरी ४ वटा तालिमहरु छनौट गरिएको छ । ड्ड युवाहरुमा सीप विकास गरी स्वरोजगार बनाउन चिनिया“ भाषा, जापानी भाषा प्रशिक्षण, ग्यास चुल्हो मर्मत, सिलाइ मेशिन मर्मत, आधारभुत र एडभान्स सिलाई तालिम, पाक शिक्षा, हेयर कटिड्ड, बुटिक र जग्गा नापजा“च तालिम जस्ता सीपमुलक तालिमहरु सञ्चालन भइरहेको छ । ड्ड प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस नगरपालिका क्षेत्रभित्रका ३५० जना नगरवासीहरु बेरोजगारको सूचीमा सूचिकृत भएका छन् । जसमध्ये ६५ जना बेरोजगारहरुले न्युनतम् १०० दिन बराबर रोजागारी प्राप्त गरिरहेका छन् । ञ) सहकारी ड्ड भक्तपुर नगरपालिका क्षेत्रभित्र संचालित सहकारी संस्थाहरुलाई नियमित र व्यवस्थित बनाई उत्पादनशील क्षेत्रमा लगानी गराई प्रोत्साहन गर्न सहकारी संघ–संस्थाका कर्मचारी र पदाधिकारहरुको बीचमा सहकारी संस्थाको विगत, वर्तमान अवस्था र समसामयिक विषयमा अभिमुखीकरण गरियो । ड्ड भक्तपुर नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थामा जम्मा भएको सामुदायिक विकास कोषको रकमबाट ख्वप अस्पतालको अक्सिजन प्लान्ट लगायत स्वास्थ्य क्षेत्रमा खर्च गरिरहेका छौं । ट) विकास निर्माण ड्ड यस चालु आ.व.को ६ महिनामा विभिन्न १३ वटा योजनाहरु सम्पन्न भएका छन् भने थप ६२ वटा योजनाहरु चालु अवस्थामा छन् । ड्ड भ.न.पा वडा नं. ६ देकोचामा अरनिको सभाभवन निर्माण कार्य शुरु भएको छ । ११०० सिट क्षमता भएको उक्त सभाभवन २८ रोपनी जग्गामा निर्माण भइरहेको छ । पहिलो चरणको कार्य सम्पन्न गरी दोश्रो चरणको कामको टेण्डर प्रकृयामा रहेको छ । ठ) विविध ड्ड देकोमिवा इतापाके आवास योजना अन्तर्गत जग्गाधनीहरुको जग्गा फिर्ता दिने कार्य भइरहेको छ भने गुनासोकर्ताको गुनासो सम्बोधन कार्यलाई निरन्तरता दिइएको छ । साथै संशोधित नक्सा अनुसार पुर्वाधार निर्माण कार्य पनि अगाडि बढिरहेको छ । ड्ड नियमित रुपमा बजार अनुगमन गरी अखाद्य वस्तु बेचबिखन, ढक तराजुमा नियमितता ल्याई उपभोक्ताको हित संरक्षण कार्यलाई निरन्तरता दिंदै आएका छौं । ड्ड चालु आ.व २०८१।८२ को श्रावण १ देखि पौष २४ गतेसम्ममा २०३ वटा नक्सा दर्ता, १५३ वटा नक्सा पास, ६१ वटा निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिएको छ । ड्ड यस नगरपालिका क्षेत्रभित्र आ.व २०८१।८२ मा ७२४८ जनालाई बैंक र वडामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छौं । ड्ड चालु आ.व. २०८१।८२ मा यस नगरपालिकामा चीनको शान—नान शहरका प्रतिनिधि मण्डल, चीनको साङ्घाइ नगरपालिकाका परामर्श समितिका महानिर्देशक मो फुछुन, चीनको सिचुवान शहरका प्रतिनिधिमण्डल, क्युवाका कार्यवाहक राजदुत अबेल अबाले डिस्पेन्ज, दक्षिण कोरियाका चेओरन नगरपालिकाका प्रमुख, प्रशान्त क्षेत्रका विश्वविद्यालयको साधारणसभामा सहभागी विदेशी प्राध्यापकहरु, चीनको छिङ्हाइ प्रदेशका प्रतिनिधिमण्डल लगायतले यस नगरपालिकाको अवलोकन भ्रमण गर्नुभयो । ड्ड यस अवधिमा पोखरा महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, मेलम्ची नगरपालिका, फिदिम नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, चितवन जिल्लाको राप्ती नगरपालिका, स्याङ्जा जिल्लाको फेदिखोला गाउ“पालिका, दार्चुलाको अपिहिमाल गाउ“पालिकाका प्रमुख, उपप्रमुखहरुको साथै कालिकोट, गोरखालगायत जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाको अध्ययन÷अवलोकन भ्रमणमा गरेका छन् । ड्ड यस नरपालिकाबाट ख्वप टेलिभिजनको स्थापना गरी मिति २०८१ जेठ ३० गतेदेखि परीक्षण प्रशारण शुरु गरिएको छ । ड्ड चालु आ.व. २०८१।८२ को पुस २४ गतेसम्ममा २२५ वटा मुद्दाहरु फछ्र्यौट भएका छन् । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणजस्ता कार्यहरुमा स्थानीय जनताको साथ र सहयोग लिएर काम गर्दैछ । थुप्रै चुनौतिहरुबीच संविधानले निर्दिष्ट गरेबमोजिम भक्तपुर नगरपालिका समाजवादउन्मुख बाटोमा अगाडि बढिरहेको छ । सुनिल प्रजापति प्रमुख (भक्तपुर नगरपालिकाको १७ औं नगरसभामा सभाअध्यक्ष एवं प्रमुख श्री सुनिल प्रजापतिको मन्तव्य)
  • Shares

All Comments...


Please Login/Register to comment.