जगातीमा गरियो जानकारी सभा
- Post Date: 2025-01-10 12:46:24
भक्तपुर । भक्तपुरको जगातीबासीले २०२१ सालदेखि कायम रहेको जगाती बस विसौनी किन अन्तै सारियो ? भनी प्रश्न गरेका छन् । शुक्रबार जगाती वस स्टपमै सार्वजनिक रुपमा जानकारी सभा गर्दै बक्ताहरुले कसैको दवाव, प्रभाव वा आर्थिक चलखेलका कारण उहिलेदेखिको बस विसौनी सारेको आशंका गरे ।
जगाती वस स्टप संघर्ष समितिले शुक्रबार जगाती बस स्टपमा पुरानो ठाउँंमै बस विसौनी बनाउन दवाव दिन सार्वजनिक रुपमा जानकारी सभा गरेको थियो । यसअघि जगाती बस विसौनी अन्तै सारिएको भेउ पाएपछि स्थानीय सीताराम खाइजुको सयोजकत्वमा समिति गठन गरी उनीहरु झण्डै एक महिनादेखि आन्दोलित थिए ।
सभामा संघर्ष समितिका संयोजक सीताराम खाइतूले भक्तपुरका सांसद्, नगरपालिकाका मेयर, वडा अध्यक्ष अनि वडा सदस्यहरुको अनुरोधलाई वेवास्ता गरी अन्यत्र वस विसौनी सारे आफूहरुको आन्दोलन चर्किने चेतावनी दिए । भक्तपुर नगरपालिका वडा नं ८ का निवर्तमान वडा सदस्य शिवप्रसाद वालाले स्थानीयको मागलाई वेवास्ता गरी अगाडि वढ्न कुनै हिसावले पनि उपयुक्त नहुने जिकिर गरे । संघर्ष समितिका उपाध्यक्ष किरण खागीले आन्दोलनलाई निरन्तर अगाडि वढाउने र सहयोगका लागि स्थानीयसँंग अनुरोध गरे । जिल्लाको पूर्ववत् नंखेल गाविस (हाल सूर्यविनायक नगरपालिका वडा नं ९ का पूर्व वडा अध्यक्ष दीलिप केसीले जगातीबासीको मात्रै नभई जगाती भन्दा उता नंखेलबासीको पनि माग जगाती बस विसौनी पूर्ववत् ठाउँंमै हुनुपर्ने माग रहेको भन्दै आन्दोलनमा एक्यवद्धता जनाए ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको राजमार्ग खण्ड विस्तारको क्रममा छ । यही क्रममा राजमार्ग खण्डको एउटा वस विसानी जगाती वस विसौती अन्तै सारेर डिपिआर वनाइएको बताइएको छ । यसैकाविरुद्ध स्थानीय आन्दोलिल भएका हुन् ।
आर्थिक चलखेलका कारण २०२१ सालदेखि चल्दै आएको जगाती बस विसौनी अन्यत्र सारिएको आरोप स्थानीयको छ । अरनिको राजमार्ग सुधार तथा विस्तार गर्ने क्रममा बनेको पछिल्लो डिजाइनमा बस विसौनी स्थानान्तरण गरिएको भएपनि यसअघिको सुरुको डिपिआरमा बस विसौनी पुरानै ठाउँंमा थियो । बस विसौनी पुरानै ठाउँंमा हुनुपर्ने माग राख्दै स्थानीयले बस विसौनी आसपास फ्लेक्स पनि झुण्डाएका छन् । बस विसौनी सार्न पाइँंदैनलगायतका विभिन्न नाराहरु लेखिएका फ्लेक्सहरु स्थानीयले ठाउँंठाउँंमा टाँंगेका छन् । स्थानीय ९४ घरधनीहरुले हस्ताक्षर गरी साविकमै वस विसौनी कायम गर्न संयुक्त माग गरी सरोकारावाला कार्यालयहरुमा बुझाइसकेका छन् । स्थानीयले भक्तपुर नगरापलिका वडा नं ८ लिवाली र सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल कार्यालयमा पुगेर दुवै वडा अध्यक्षहरुको ध्यानाकर्षण पनि गराइसकेका छन् । जगाती वस विसौनी भक्तपुर नगरपालिका वडा नं ८ र सूर्यविनायक नगरपालिका वडा नं ८ को सिमामा पर्दछ । स्थानीयको माग बमोजिम दुवै वडा कार्यालयहरुले यथास्थानमा वस विसौती राख्ने व्यवस्था मिलाउन सूर्यविनायक धुलिखेल सडक आयोजनालाई पत्र काटेका थिए । उहिलेदेखि चल्दै आएको वस स्टपलाई स्थानीय निकायहरुसँंग कुनै छलफल नै नगरी स्थानान्तरण गरिएको भन्दै दुवै वडा कार्यालयहरुले आयोजनाको कार्यालयलाई पत्र काटेका थिए । साथै कार्यायलहरुले जिल्ला प्रशाशन कार्यालय भक्तपुर, जगाती प्रहरी बृत भक्तपुरलाई पनि बोधार्थ पठाएका थिए । यसअघि स्थानीयले सडक विभाग सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाको कार्यालय मध्यपुर थिमि भक्तपुरका प्रमुखसमक्ष पनि बस विसौनी यथास्थानमा राख्न ज्ञापनपत्र बुझाएका थिए ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार योजना हाल चालू छ ।
बस विसौनी अन्यत्र सारे भक्तपुर नगर आउने, ख्वप कलेज, ख्वप अस्पताल, बागीश्वरी मावि,कलेज, डोलेश्वर, मलामीका लागि हनुमानघाट जाने मानिसहरु प्रभावित भई जनजीवन नै समस्यामा पर्ने स्थानीयको भनाई छ ।
स्थानीयका अनुसार राजमार्ग बनेको बेला २०२१ सालदेखि नै जगातीको वस विसौनी जगातीमै रहेको थियो । अरनिको राजमार्ग तत्कालिन राजा महेन्द्रको पालामा नेपाली कलाकार अरनिकोको नाममा चीन सरकारले बनाइदिएको चीनसँंग जोड्ने राजमार्ग हो ।
अरनिको राजमार्ग चीनसँंग जोड्ने मुख्य राजमार्ग हो । पछिल्लो वर्ष बनेपा सिन्धुली बर्दिबास सडक निर्माण सम्पन्न भएपछि काठमाडौंलाई तराईसँग जोड्ने यो छोटो राजमार्ग पनि हो ।
बस विसौनीलाई हालको भन्दा केही सय मिटर पश्चिम सूर्यविनायक अस्पताल नजिकै सार्ने डिजाइन तयार गरिएको बताइएको छ ।
-
Shares
All Comments...
Please Login/Register to comment.