काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटी, काठमाडौंले पौष २५, २६ र २७ गते तीन दिने ‘दृष्टि ३.०’ प्रदर्शनी आयोजना गरेको छ । कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले विहिवार सो प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौं इन्जिनियरिङ कलेज नतिजाका हिसावले उत्कृष्ट कलेज हुनुका साथै व्यवहारिक ज्ञान र सीपमा पनि अव्वल छ भने तथ्य दृष्टि प्रदर्शनीले प्रष्ट पारेको वताए । उनले यस्ता प्रदर्शनीले विद्यार्थीहरुमा इन्जिनियरिङ र प्राविधिक ज्ञान, कला, र क्षमता अभिवृद्धी हुनुका साथै नयाँ नयाँ अन्वेषणहरु समेत हुन सक्ने उल्लेख गरे । प्राचार्य प्रधानले कतिपय विधामा विभिन्न कलेजका विद्यार्थीको सहभागिता र प्रतिस्पर्धाले शिक्षामा गुणस््तर उकास्न सहयोग र नेपाललाई ईन्जिनियरिङको हव वनाउन टेवा पुग्ने हुने स्पष्ट पारे । कलेजका उप प्राचार्य एसोसिएट प्रोफेसर आर्किटेक्ट शैलिता जोशीले ‘दृष्टि ३.०’ मा सभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेशन इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र आर्किटेक्चरसँग सम्वन्धित विविध प्रदर्शनीहरु समावेश भएको जानकारी दिए । उप प्राचार्य जोशीले लाखौं धनराशीको हाकाथन, कोड कम्पिटिसन, गेमफेस्ट, रोबोवार, रोबो सकर, रोबो दृफ्ट तथा इलेक्टृसिटी जेनेरसन, पारहाउस, थानकोट टनेल, एवं विभिन्न मठमन्दिर, पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको आर्किटेक्चारल डिजाइन र मोडेल आदी इत्यादीले नयाँ पुस्तालाई ईन्जिनियरिङ शिक्षा आकर्षित गर्ने वताए । कम्प्युटर विभागका एसोसिएट प्रोफेसर इ. श्रीकृष्ण सुलुले प्रदर्शनीमा इन्जिनियरिङका साथसाथै गीत-संगीत, नृत्य, विभिन्न गेम, वाद- विवाद, कविता, हाजिरीजवाफ प्रतियोगिता, साँस्कृतिक झाँकी , स्टान्ड अप कमेडी,आदी प्रस्तुती पनि रहेको वताए ।
  • Shares

All Comments...


Please Login/Register to comment.